दार्चुला घटनाकाे विराेध गर्दै सल्यानकाे थारमारेमा विप्लव नेकपाकाे प्रदर्शन
साउन १९, सल्यान । दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर बेपत्ता भएको घटनाप्रति सल्यानमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले विराेध प्रदर्शन गरेकाे छ ।
जिल्लाकाे थारमारेमा साेमबार नेकपा सल्यानले विराेधस्वरुप काेणसभा कार्यक्रम गरेकाे हाे । नेकपाका बागचाैर नगर इन्चार्ज टाेप बहादुर ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला सदस्य हेमन्ता बुढाथाेकी, टंक प्रकाश केसी, केवल डाँगी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै जिल्ला सदस्य टंक केसीले नेपाल सरकारकाे राष्ट्रघाती कार्यले गर्दा भारतले सधै नेपाली नागरिकमाथी अत्याचार गरेकाे बताए । भारतकाे ज्याजद विरुद्ध नेपाल सरकार कहिल्यै बाेल्न नसकेकाे उनले बताए ।
अहिलेकाे संसदीय व्यवस्थामा यस्ताे कार्य भैरहने बताउँदै उनले भने, ‘यो दलाल संसदीय व्यवस्था दलाल र तस्करी गर्ने हरुकाे व्यवस्था हो । अब यसबाट नेपाली जनताले निकास पाउँदैनन् ।’ अबको विकल्प भनेको संसदीय व्यवस्था फालेर वैज्ञानीक समाजवाद स्थापन गर्ने उनले बताए ।
कार्यक्रमकाे संचालन गर्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष गणेश आरसीले तत्कालिन केपी सरकारले तुइन हटाउँछाैं भनेर जनतामाथी झुटाे प्रचार गर्दै सत्ता टिकाएकाे बताए । अबकाे निकास देउवा सरकारबाट पनि नहुँने बताउँदै उनले अहिलेकाे व्यवस्था नै फाल्नुपर्ने बताए ।
शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय बासिन्दाले बताएका थिए ।
प्रतिकृया दिनुहोस्