कांग्रेस-कम्युनिष्ट बिच कार्यकर्ता तानातान
साउन १२, सल्यान । सल्यान जिल्लामा क्रियाशिल दुई ठुला राजनितिक दलहरु नेपाल कम्युनिष्ट पार्टि (नेकपा) र नेपाली कांग्रेस बिच तिव्र राजनितिक, बैचारिक र सांगठनिक प्रतिस्पर्धा देखिन थालेको छ । जिल्लामा ठुलो संगठन र जनमत भएका यी दुई ठुला पार्टिहरु बिच पछिल्लो समय एक अर्काका नेता कार्यकर्ताहरुलाई आफ्नो पार्टिमा तान्ने र प्रवेश गराउने होडबाजी नै चलेको हो ।
हिजो आईबार मात्रै यी दुई ठुला राजनितिक पार्टिले जिल्लाको बिभिन्न स्थानमा ठुलो संख्यामा एक–अर्काका स्थानिय नेता कार्यकर्ताहरुलाई आफनो पार्टिमा प्रवेश गराएका छन । नेपाली कांग्रेसले जिल्लाको दार्मा गाउँपालिका वडा नं. ४ र ६ बाट नेपाल कम्युनिष्ट पार्टिका १९ जना स्थानिय नेता कार्यकर्ता आफनो पार्टिमा प्रवेश गराएको छ भने नेपाल कम्युनिष्ट पार्टिले जिल्लाको शारदा नगरपालिका वडा नं. २ सिमखर्कको नेपाली कांग्रेसको बाहुल्यता भएको सिंगो गाउँ नै नेकपा प्रवेश गराएको हो ।
दार्मामा पार्टि प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति गनेश चन्दले स्वागत गर्दै बधाई दिएका छन । यता सिमखर्कमा नेकपा प्रवेश गर्ने कांग्रेस कार्यकर्तालाई संघिय सांसद तथा नेकपाका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले स्वागत गरेका हुन । दुवै ठाउँको पार्टि प्रवेश कार्यक्रममा दुवै पार्टिका जिल्ला स्तरिय नेताहरुको सहभागीता रहेको थियो ।
केन्द्रमा आन्तरिक झगडामा अल्झीएका दुवै पार्टिका जिल्ला स्तरमा पनि चरम गुटबन्दी छ यद्यपि प्रतिस्पर्धी पार्टिका कार्यकर्ता आफनो पार्टिमा प्रवेश गराउने काममा भने दुवै पार्टिका सवै नेताहरु एकजुट भएर लागीपरेका छन ।
रोचक कुरा त के छ भने, दार्मा गाउँपालिकामा स्थानिय सरकारको नेतृत्व गरेको नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका हुन भने शारदा नगरपालिकामा स्थानिय सरकारको नेतृृत्व गरेको नेपाली कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।
प्रतिकृया दिनुहोस्