September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
नेकपा शारदा नगर कमिटीको सपथ ग्रहन कार्यक्रम सम्पन्न

नेकपा शारदा नगर कमिटीको सपथ ग्रहन कार्यक्रम सम्पन्न

भदौ २०, सल्यान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शारदा नगर कमिटीको सपथ ग्रहन कार्यक्रम सम्पन्न भएको छ । शनिवार, शानपा १ श्रीनगर स्थित होटेल प्याराडाईजको हलमा ८१ सदस्यीय नगर कमिटिलाई नेकपा जिल्ला कमिटी अध्यक्ष गोविन्द पुनले सपथ ग्रहन गराएका हुन ।

शपथ ग्रहन कार्यक्रममा नेकपा कर्णाली प्रदेश सह– संयोजक  तथा कर्णाली प्रदेश सरकारका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वाला, नेकपा सल्यान जिल्ला ईञ्चार्ज, संघिय संसद तथा पुर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, नेकपा सल्यान जिल्ला सह– ईञ्चार्ज, कर्णाली प्रदेश सभा सांसद तथा नेकपा कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाह, नेकपा कर्णाली प्रदेश सल्लाहकार परिषद सदस्य दामोदर शर्मा लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो ।

त्यसैगरी जिल्ला अध्यक्ष गोबिन्द पुन, सचिव कर्णबहादुर बुढाथोकि, जिल्ला कमिटी सदस्यहरु रमेश गौतम, प्रमोद श्रेष्ठ, राम खड्की, मनोज प्रधान, मान बहादुर मल्ल, हिमाल यात्री, दिपेन्द्र प्रकाश डिसी, महेश देवकोटा, मनोज सिंह लगाएत थुप्रै जिल्ला कमिटि सदस्यहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

नगर कमिटि अध्यक्ष नविन भडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घोषण नगर कमिटि सचिव यौवनप्रकाश श्रेष्ठले गरेका थिए । कार्यक्रममा राप्रपा र नेपाली कांग्रेस परित्याग गरी ३ जना कार्यकर्ता नेकपामा प्रवेश गरेको बताईएको छ ।

नेकपाको जिल्ला कमिटीले पूर्णता पाएको करीव १ बर्ष पछि शारदा नगर कमिटीले पूर्णता पाएको हो ।