March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
दार्मामा नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भन्ने समाचार झुटो हो: अरुण, झुटो होईन सत्य हो: अजित

दार्मामा नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भन्ने समाचार झुटो हो: अरुण, झुटो होईन सत्य हो: अजित

साउन १४, सल्यान । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का कर्णाली प्रदेश कमिटि सदस्य तथा दार्मा गाउँपालिका सल्यानका गाउँपालिका अध्यक्ष्य निम बहादुर केसी अरुणले दार्मामा नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको भन्ने समाचार सरासर झुटो भएको बताएका छन ।

आईतबार (साउन ११ गते) दार्मा गाउँपालिका वडा नं. ४ र ६ का नेकपाका १९ जना स्थानिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको भन्ने समाचार बिभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशित भएपछि मंगलबार (साउन १३ गते) सामाजिक संजाल फेसबुक मार्फत आफनो प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन ।

“दार्मामा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको (अझ लर्काे लागेको रे) भन्ने समाचार सरासर झुटो हो ।” उनले लेखेका छन– “नेकपाको कोहि पनि कार्यकर्ता मात्र होईन, समर्थक शुभचिन्तक नेपाली कांग्रेसमा प्रवेश गरेको छैन ।”

नेता अरुणले जो जो प्रवेश गरे भनेर हल्ला फिजाइएको छ, ति सबै कांग्रेसकै समर्थक र भोटर भएको र ति मध्ये कोहि हिजोका दिनहरुमा बाहिर विप्लव माओबादी र कोहि एमाले भन्ने गरेको भएता पनि भित्र भित्रै कांगे्रसलाई सहयोग गर्ने गरेको उल्लेख गरेका छन ।

“जो जो प्रवेश गरेको हल्ला फिजाइएको छ, ती सबै कांग्रेसकै समर्थक र भोटर हुन ।” उनले लखेका छन – “जसमध्ये कोही हिजो बाहिर विप्लप माओवादी थिए र भित्र कांग्रेस थिए भने कोही बाहिर एमाले हौं भन्थे तर भित्र कांग्रेसलाई सहयोग गर्दथे।” कार्यकर्ताले पार्टि प्रवेश गरेको भन्ने हल्ला सफेद झुट भएकोले यथार्थलाई बुझेर मात्रै समाचार संप्रेशन गर्न पनि उनले अनुरोध गरेका छन ।

तर नेपाली कांग्रेस दार्मा गाउँपालिकाका सभापति अजित चन्दले भने प्रवेश गरेका सवै नेकपाका कार्यकर्ता भएको दावि गरेका छन । नयाँ दृष्टि डटकम सँग प्रतिक्रिया दिदै उनले भने – “मैले पनी गाउँपालिका अध्यक्षको स्टाटस पढे । २ जना सहिद परिवार सहित प्रवेश गर्ने सवै नेकपाकै कार्यकर्ता हुन । आफ्नै पार्टिका भए हामिले किन प्रवेश गराउथ्यौं र ?”

 

उनिहरु सवै नेकपाको साधारण सदस्य भएको तर गाउँपालिका अध्यक्ष झुट बोलेको उनको भनाई छ ।

यस्तो छ नेता अरुणको फेसबुक स्टाटस:

दार्मामा नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको (अझ लर्को लागेको रे) भन्ने समाचार सरासर झुठ हो। नेकपाको कोही पनि कार्यकर्ता मात्र होइन, समर्थक र शुभचिन्तक नेपाली कांग्रेस मा प्रवेश गरेको छैन।

जो जो प्रवेश गरेको हल्ला फिजाइएको छ, ती सबै कांग्रेसकै समर्थक र भोटर हुन्, जसमध्ये कोही हिजो बाहिर विप्लप माओवादी थिए र भित्र कांग्रेस थिए भने कोही बाहिर एमाले हौं भन्थे तर भित्र कांग्रेसलाई सहयोग गर्दथे।

त्यसैले यो सफेद झुठलाई यथार्थमा बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज