नेकपा सल्यानको एकता प्रक्रिया जिल्लादेखी टोलसम्म पुग्यो, हालसम्म १८०९ सदस्य संगठित
भाद्र ३१, सल्यान । देशका दुई ठुला कम्यनिष्ट पार्टीहरु तत्कालीन नेकपा एमाले र नेकपा माओबादि केन्द्र विच केन्द्रमा पार्टी एकता घोषणा भएको करिव दुई बर्षपछि सल्यानमा पनि दुई पार्टीका संगठनहरुको प्रक्रियाले तिव्रता पाएको छ ।
गत बर्ष जिल्ला कमिटिलाई पुर्णता दिएको नेकपा सल्यानले यसबर्ष गाउँ, नगर, वडा हुदै टोल सम्म आफ्नो संगठनहरु एकिकरण र विस्तार गरेको हो । नेकपाका जिल्ला ईञ्चार्ज टेकबहादुर बस्नेतले सामाजिक संजाल मार्फत दिएको जानकारी अनुसार हालसम्म जिल्ला हुदै टोल सम्म १८०९ जना सदस्यहरु नेकपामा संगठित भएका छन ।
नेकपाको जिल्ला समितिले एक बर्ष अघि नै पुर्णता पाएको थियो । त्यस्तै नेकपा (नेकपा) ले बनगाडकुपिण्डे नगरपालिका, शारदा नगरपालिका, बागचौर नगरपालिका र कालिमाटी गाउँपालिकामा पालिकास्तरिय कमिटीलाई पनि पुर्णता दिएको छ ।
त्यसैगरी नेकपा (नेकपा) ले त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिकामा पनि पालिका र वडास्तरिय कमिटीलाई पुर्णता दिएको छ । नेकपाले छत्रेश्वरी गाउँपालिकामा एकिकरण र संगठन विस्तारलाई आक्रामक बनाएको छ । जिल्लाका ३ वटा नगरपालिका र कालिमाटि गाउँपालिकामा वडा कमिटिले पनी पुर्णता पाउन नसकेको अवस्थामा छत्रेश्वरी गाउपालिकामा नेकपाले टोल कमिटी विस्तार गरेको छ ।
आजको मितिसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानमा पार्टी एकिकरण प्रक्रिया अन्तरगत कालीमाटी गाउँ कमिटीमा ६५ जना, त्रिवेणी गाउँ कमिटीमा ६५ जना र वडा कमिटीमा (२५× ६ = १५० जना, कपुरकोट गाउँ कमिटीमा ६५ जना, र वडा कमिटीमा (२५×६= १५०) जना, छत्रेश्वरी गाउँ कमिटीमा ६५ जना, वडा कमिटीमा संगठित(२५×६ = १५०) जना,र टोल कमिटीमा संगठित(१५×२९=३०० जना, शारदा नगर कमिटीमा ८१ जना, सिद्धकुमाख गाउँ कमिटीमा ६५ जना, र वडा कमिटीमा(२५×१=२५ जना, बनगाड कुपिण्डे नगर कमिटीमा ७१ जना, कुमाख गाउँ कमिटीमा संगठित६५ जना र वडा कमिटीमा (२५×६ = १५० जना, दार्मा गाउँ कमिटीमा ६५ जना र वडा कमिटीमा (२५×६ =१५० जना, बागचौर नगर कमिटीमा ७१ जना र जिल्ला कमिटीमा संगठित भएका १२१ जना गरी जम्मा १८०९ जना सदस्य नेकपाका बिभिन्ना कमिटिमा संगठित भएका हुन ।
प्रतिकृया दिनुहोस्