काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए बिद्रोह गर्छु : पन्डित
फागुन १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताउनु भएको छ ।
बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान नहुने भन्दै यसले जनमतको अपमान हुने पण्डितले बताउनु भएको हो ।
सामाजिक सञ्जालमा बिहीबार लेख्दै पण्डितले नेतृत्वले यस्तो गरे आफ्नो विरोध रहने भन्दै नेतृत्वलाई बेलैमा जानकारी गराएको बताउनुभयो ।
‘यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस ।मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराऊछु।’, उहाँले लेख्नु भएको छ ।
नेकपामा कठिन अवस्था भए पनि एकताको सम्भावना समाप्त नभएको उहाँको जिकिर छ ।
प्रतिकृया दिनुहोस्