May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
प्रतिबन्ध छिचोल्दै सल्यानमा बिप्लवले मनाए, पार्टी स्थापना दिवस

प्रतिबन्ध छिचोल्दै सल्यानमा बिप्लवले मनाए, पार्टी स्थापना दिवस

मंसिर ०९, सल्यान । नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले केन्द्रिय कार्यक्रम अनुसार सल्यानमा पार्टीको सातौं स्थापना दिवस मनाएको छ । सरकारको दमन र प्रतिबन्ध लाई छिचोल्दै सोमबार हर्ष उल्लासका साथ पार्टीको सातौं स्थापना दिवस मनाएको उक्त पार्टीले बताएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी तुफानले हिजोका घाईते अपांग र सहिदहरुका सपना अब नेपाल कम्युनिस्ट पार्टिले पूरा गरि छोडने र जनताको बर्गिय मुत्तीका लागि एकीकृत जनक्रान्तिको बाटो भएर बैज्ञानिक समाजबाद प्राप्त गर्न अझै ससक्त भएर निरन्तर लागिरहने प्रतिवद्धता गर्दै पार्टी पुनर्गठनको सातौँ बर्षगाठको अवसरमा सबै सल्यानी जनतालाइ शुभकामना व्यक्त गरेको कार्यक्रममा सहभागी एक नेताले बताए ।

अबको क्रा’न्ती सबै देशभत्त राट्रप्रेमी तथा सेना, प्रहरी सहित सम्पूर्ण मध्यम बर्गको पक्षमा हुने बताउदै उनले शान्तिपूर्ण राजनितिक कार्यक्रमा प्रहरी हस्तक्षेप नगर्न र आफ्ना पार्टीका नेता कार्यकर्तालाई दमन र धरपक’ट नगर्न प्रहरीलाई अनुरोध गरेका थिए ।

युवा सङगठनका सदस्य सुवासले सहजीकरण गरेको कार्यक्रमको अध्यक्षता संघर्षले गरेको र कार्यक्रममा जिल्ला सदस्य गौरव सहित अखिल क्रान्तिकारी सल्यानका जिल्ला अध्यक्ष प्रभाकरको समेत उस्थिती रहेको बताईएको छ । ०८ गते उक्त पार्टीले देशभर पार्टी स्थापना दिवस मनाएको तस्विरहरू सामाजिक संजालमा कार्यकर्ताहरूले पोस्ट गरेका छन् ।

के हो विप्लव नेत्रृत्वको नेकपा ?

विसं २०६९ को असारमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।

पछि वैद्यले नेतृत्व गरेको नेकपा– माओवादी पनि क्रान्तिकारी हुन नसकेकोु भन्दै विसं २०७१ मंसिर ८ मा विप्लवले छुट्टै दल घोषणा गरे। अहिले ‘विप्लव’ले पार्टी स्थापना गरेको ७ वर्ष पुगेको छ । पार्टी स्थापना दिवसमा सो पार्टीले देशका विभिन्न स्थानमा कार्यक्रम गरिरहँदा अहिले सो पार्टी प्रतिबन्धित अवस्थामा छ ।

पछिल्लो समय उक्त दलले राजनितिक चरित्र गुमाउदै गएको भन्दै २०७५ फागुन २८ गतेको मन्त्रीपरिषद बैठकले विप्लव नेत्रृत्वको नेकपालाई प्रतिबन्धीत गरेको छ । प्रतिबन्ध पछि उक्त पार्टीका केन्द्रदेखी स्थानिय स्तरका थुप्रै नेताकार्यकर्ता लाई प्रहरीले पक्रा’उ गरिसकेको छ ।

७ वर्षअघि ८ मंसिर २०७१ मा नेकपा ( माओवादी) को नाममा स्थापना भएको पार्टीलाई २०७३ फागुनमा रोल्पामा भएको आठौँ महाधिवेशनबाट नाम परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी बनाईयो ।

औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दललाई सर्वसाधारणहरूले चन्दको उपनाम जोडेर विप्लव माओवादी भन्ने गरेका छन ।

वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरूलाई कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फो टन गराउने र बलपू’र्वक च’न्दा सङ्कलन गर्दै आएको आरोप लाग्ने गरेकोछ।

वर्तमान राजनितिक व्यवस्था र संविधान सँग असहमति जनाउने उक्त दलले जनसरकार र जन संविधान पनि घोषणा गरेको छ।

उक्त पार्टीले चुनाव विथोेल्ने क्रममा र प्रतिबन्ध पछि भएका विभिन्न भि डन्त र विस्फो टका घटनामा परी अहिले सम्म एक म्यादि प्रहरी, १ प्रहरी, २ सर्वसाधारण र आफ्नै पार्टीका १० जना नेता कार्यकर्ता सहित १४ जनाको ज्यान गै’सकेको छ ।

को हुन विप्लव ?

विप्लवको जन्म ११ फागुन, २०२४ मा रोल्पाको इरिवाङमा भएको हो । २०४३ सालमा रोल्पा सदरमुकाम लिवाङको बालकल्याण माविबाट उनले एसएलसी गरे । काठमाडौं आएर कानुन पढ्न नेपाल ल क्याम्पस भर्ना भए । त्यहीँबाट सक्रिय राजनीति सुरु गरेका विप्लव त्यसपछि औपचारिक अध्ययनलाई त्यहीँ बिट मारेर सर्वहारा वर्गीय सत्ता स्थापना गर्न भन्दै जनयु द्धमा होमिए ।

त्यसअघि उनी २०४३ सालमा विद्यार्थी संगठनको जिल्ला अध्यक्ष, २०४८ मा केन्द्रीय सदस्य हुँदै माओवादीले जनयु द्ध सुरु गर्दा विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष तथा नेकपा (माओवादी) ललितपुर जिल्ला सचिव थिए ।

पार्टीभित्र ‘क्षमतावान् युवा नेता’को पहिचान बनाएका विप्लव २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बने । जनयु द्धका क्रममा २०५४ सालमा विप्लव सरुवा भएर कर्णाली पुगे ।

२०५५ सालमा केन्द्रीय सदस्य, २०५९ मा पोलिटब्यूरो सदस्य बने र पछि सचिवालय सदस्य भए । शान्ति प्रक्रिया सुरु हुँदा धेरैले प्रचण्डको उत्तराधिकारीका रूपमा विप्लवलाई लिने गर्थे ।

उनी अध्ययनशील र कार्यकर्तामा छिट्टै घूलमिल हुन सक्ने खुबी भएका नेता हुन् । पहिलो संविधानसभाबाट नेकपा (माओवादी) देशकै ठूलो पार्टी बन्दा पनि उनले लाभको कुनै पद लिएनन् ।

पार्टीभित्र त्यसैबेलादेखि कार्यदिशालाई लिएर गम्भीर मतभेद सिर्जना भयो । प्रचण्ड र मोहन वैद्यको नेतृत्वमा अलगअलग प्रशिक्षणहरू चल्न थाले । त्यसबेला विप्लव वैद्यको लाइनमा थिए ।

वैद्य नेतृत्वमा पार्टी बनेपछि उनले जनयु द्धको निरन्तरतामा पार्टीको कार्यदिशा बनाउनुपर्नेमा जोड दिन थालेपछि पुनः वैद्य र बादलसँग अलग हुने अवस्था सिर्जना भयो ।

त्यसबेला वैद्य, बादल र विप्लवबीच तत्काल जनवि’द्रोह गर्ने कि आ’न्दोलन मात्रै गर्ने भन्नेमा विवाद थियो । त्यहि वि’वाद बढ्दै जाँदा २०७१ मंसिर ०८ गते उनले आफ्नै नेत्रृत्वमा पार्टी स्थापना गरे ।

स्पष्ट वक्ता विप्लवलाई सरल, इमान्दार र अडान भएका नेताको रुपमा चिन्ने गरीन्छ ।