September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
जनयुद्धको झझल्को दिदै सल्यानमा माओवादी केन्द्रको रुपान्तरण अभियान उद्घाटन

जनयुद्धको झझल्को दिदै सल्यानमा माओवादी केन्द्रको रुपान्तरण अभियान उद्घाटन

गणेश क्षेत्री
भदौ १७, आइतबार ।

सल्यानमा श्रम गरेर माओवादी केन्द्रको विशेष रुपान्तरण अभियानको उद्घाटन गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गरे सँगै सल्यान जिल्लामा पनि विभिन्न कार्यक्रम गरेर अभियानको उद्घाटनमा गरेको हो ।

जिल्लाका १० वटा स्थानीय तह र ८३ वटै वडामा खटाईएका इन्चार्जहरुले जनयुद्धको झल्को दर्साउने गरि जिल्लाभर श्रम शिविर गरेर कार्यक्रमको उद्घाटन गरेका छ्न । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले माओवादी आन्दोलन र जनयुद्धताको झल्को दर्साएको छ । बिगतमा माओवादीले सन्चालन गरेको दशबर्से जनयुद्धमा माओवादी जन सेना र पार्टी पङती जनताको घर आगन र खेतवारिमा जाने सहभागी हुने सार्वजनिक बाटो बाटो घाटो चोक चौतारी निर्माण गर्ने जस्ता गतिविधि गर्दै श्रमसँग जोडिएका थिए । सेल्टर लिएका अधिकांश गाउँ बस्तिमा विविध श्रममा सहभागी हुने गर्दथे । त्यति बेला पार्टीले चलाएको अभियान जन एकता तथा रुपान्तरण अभियान जनतामा निकै भिजेको थियो । ठिक त्यही झझल्को दर्साउने गतिविधि अहिले करिब २ दशकपछि माओवादी पार्टीले पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा देखिएको छ ।

अभियान अन्तर्गत अहिले माओवादी पार्टीले हातमा औजार लिएर सल्यानका विभिन्न गाउबस्तिमा पुगेर गोरेटो बाटो खन्ने, सार्वजनिक स्थलमा सरसफाई गर्ने, चोक चौतारी निर्माण गर्ने बृक्षारोपण गर्ने रक्तदान गर्ने जस्ता कार्यक्रम गर्दै जिल्लाभर पार्टीले जनतासँग माओवादी विशेष रुपान्तरण तीन महिने अभियान उदघाटन गरेकोछ ।

यस अभियानबाट आठ हजार पार्टी सदस्यहरू परिचालन गर्दै प्रत्येक जनतासम्म पुग्ने उद्देश्य लिएको छ । जिल्लामा रहेका १० पालिकाका ८३ वटै वडामा श्रम शिविर तथा पार्टी कार्यालय स्थापना गरेर जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नरेश भण्डारीले जानकारी दिनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज