सल्यानमा समानुपातिक तर्फ ४६ हजार बढी मत गणना गर्दा एमाले अग्रस्थानमा, घण्टी पाँचौ
मंसिर ०९, सल्यान । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तरगत सल्यानमा समानुपातिक तर्फको ४६ हजार बढी मत गणना गर्दा नेकपा (एमाले)ले अग्रता कायमै गरेको छ ।
शुक्रबार साँझ ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार समानुपातिकमा प्रतिनिधि सभा तर्फ ४६ हजर १९८ मत गणना गर्दा एमाले १४ हजार ३१२ मत सहित अग्रस्थानमा रहेको छ ।
समानुपातिकमा प्रतिनिधि सभा तर्फ १३ हजार ४३६ मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने ६ हजार ३५० मत सहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।
त्यस्तै समानुपातिकमा सल्यान बाट प्रतिनिधि सभा तर्फ ३ हजार ७५६ मत सहित नेकपा ( एकीकृत समाजवादी ) चौथो, २ हजार ७५९ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौं र १ हजार ६६६ मत सहित राप्रपा छैटौं स्थानमा छ ।
प्रदेश सभा तर्फ पनि एमाले पहिलो
समानुपातिक तर्फको जारी मत गणनामा प्रदेश सभा तर्फ पनि एमाले अग्र स्थानमा छ । प्रदेश सभा तर्फ ४५ हजार ४०० मत गणना गर्दा नेकपा (एमाले) १४ हजार ५६५ मत ल्याएर पहिलो स्थानमा छ ।
त्यस्तै ११ हजार २८२ मत सहित कांग्रेस दोस्रो, ७ हजार १६१ मत सहित माओवादी तेस्रो, ५;हजार ४४४ मत सहित एकीकृत समाजवादी चौथो र २ हजार ५५० मत सहित राप्रपा पाँचौ स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत को कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्