कुलबहादुर गिरी : अनेरास्ववियु देखि प्रदेश सभाको उम्मेदवार सम्म
असोज २७, सल्यान । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दलहरू होमिएका छन । यस पटकको निर्वाचनमा देशभर सत्ता गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।
केही ठाउँमा तालमेल गरेपनी देशभर सत्ता गठबन्धन विरुद्ध एक्लै चुनावमा होमिएको नेकपा (एमाले) सल्यानमा पनि सत्ता गठबन्धन विरुद्ध एक्लै होमिएको छ ।
एमालेले सल्यानमा प्रदेशसभा (क) मा पार्टीका पुराना र संस्थापक मध्येका नेता कुल बहादुर गिरीलाई उम्मेदवार बनाएको छ ।
को हुन कुल वहादुर गिरी ?
नेकपा (एमाले)को तर्फ बाट सल्यान क्षेत्र नं. १ प्रदेश सभा (क) का उमेरदवार कुल वहादुर गिरी सल्यान जिल्लाको कम्युनिस्ट आन्दोलनका संस्थापक हुन ।
सानै उमेरमा २०४४ सालमा भ्युडर सुनपुर मावि दाङमा अनेरास्ववियु प्राक कमिटी कोषाध्यक्ष बाट राजनितिक यात्रा तय गरेका गिरीले २०४५ मा महेन्द्र मावि तुल्सीपुरमा अनेरास्ववियुको प्राक सचिव हुदै तत्कालीन (माले)को साधारण सदस्यता प्राप्त गरेका थिए ।
२०४६ सालको जनआन्दोलनको समयमा तुल्सीपुर क्षेत्रमा प्रचारप्रसार वालपेन्टीङ लगायतका कार्यक्रम सक्रय सहभागिता जनाउदै गिरीले प्रजातन्त्र पुन:स्थापना पश्चात् सल्यानमा काँग्रेस र बाममोर्चाको संयुक्त कार्यक्रममा २०४७ वैसाख ५ गते वाममोर्चाको नेतृत्व गरेका थिए ।
२०४७ सालमा भएको अनेरास्ववियु सल्यानको प्रथम जिल्ला अधिवेसन वाट जिल्ला अध्यक्ष भएका गिरी २०४७।०९।०४ गते तत्कालिन (माले)को संगठित सदस्यता प्राप्त गरेका देखिन्छ ।
राजननिक यात्रा निरन्तर अघि बड्ने क्रममा गिरी २०५४ सालमा डाँडागाँउ गाविसका अध्यक्षमा निर्वाचित भएका थिए । द्वन्दकालिन अवस्थामा गाउँमै वसेको गिरी तत्कालीन शाही नेपाली सेनको सिमखर्क ब्यारेकमा २०५८ सालमा १८ दिन हिरासत पनि बसेका थिए ।
पार्टी भित्रका इमान्दार नेताको छवि बनाएका गिरीले पार्टीमा कुनै अवसर आफुलाई नै चाहिन्छ भनेर कहिल्यै दावि गरेनन् । नेकपा (एमाले) केन्द्रीय अधिबेसनमा सल्यान क्षेत्र नं. १ मा क्षेत्रीय प्रतिनिधिमा अत्यधिक मत प्राप्त गरि प्रतिनिधि छनौट भएका गिरी २०७४ सालको स्थानीय निर्वाचनमा शारदा नगरपालिकाको नगर प्रमुखको दावि हुदाँ हुदै पनि पार्टीको निर्देशनलाई सहजै स्वीकार गर्दै शारदा नगरपालीका वडा नं. १४ वाट वडा सदस्य निर्वाचित भएका थिए ।
तत्पश्चात गिरी नेकपा एमालेको तर्फवाट गठवन्धन संग जिल्ला समन्वय समिति सल्यानको उप प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । उनी नेकपा एमालेको जिल्ला कमिटीमा निरन्तर काम गर्दै नेकपा एमालेको सातौं र आठौं जिल्ला अधिवेसनमा सर्वाधिक मत प्राप्त गर्ने मध्यका नेता हुन ।
नेकपा (एमाले) विभाजनमा पछि संकटको घडिमा पार्टीको रक्षाको निम्ती सक्रयता बढाएका गिरी २०४७ साल देखी २०७७ साल सम्म निरन्तर जिल्ला कमिटि सदस्यको रुपमा काम गरेर अहिले नेकपा एमाले प्रदेश कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश समन्वय कमिटी सल्यान प्रदेश सभा क्षेत्र नं.१ (क) को इन्चार्जको जिम्मेवारीमा रहेको छन।
नेकपा (एमाले) सल्यानमा त्यागि, प्रष्ट वक्ता र सरल ब्यवहार भएका गिरी पार्टीमा लोकप्रिय हरेको पात्र हुन राजनैतिक मात्र नभएर सामाजिक ब्यवसायिक रुपमा पनि सफल मानिएका गिरीको उम्मेदवार बनेसँगै सल्यान प्रदेश सभा (क) मा चर्चा सुरुभएको छ ।
प्रतिकृया दिनुहोस्