September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
राप्रपा नेपालका उपाध्यक्ष राय एमालेमा प्रवेश, प्रतिनिधि सभाको उम्मेदवार बन्नसक्ने चर्चा

राप्रपा नेपालका उपाध्यक्ष राय एमालेमा प्रवेश, प्रतिनिधि सभाको उम्मेदवार बन्नसक्ने चर्चा

भदौ २५,सल्यान । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको हो । उहाँ पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट जानुभएको थियो ।

सल्यानको शारदा नगपालिका- ३ निवासी राय २०७४ सालको निर्वाचनमा सल्यान (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । उहाँले ६ हजार ५४ मत प्राप्त गर्नुभएको थियो ।

नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिनुहुन्छ । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश सँगै राय सल्यान बाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार बन्नसक्ने चर्चा चलेको छ ।