सल्यान प्रदेश सभा ‘ख’ मा नेकपा (एमाले)को तर्फबाट शाह सर्वसम्मत सिफारिस
भदौ १८, सल्यान । आगामी मंंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी नेकपा (एमाले) निर्वाचन क्षेत्र समन्वय कमिटी ‘ख’ सल्यानले उम्मेद्वार सिफारिस गरेको छ ।
शनिबार बसेको समन्वय कमिटीको वैठकले सल्यान प्रदेश सभा ‘ख’ मा नेकपा (एमाले)को तर्फ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहईञ्चार्ज गुलावजंग शाहलाई एकल उम्मेद्वार सिफारिस गरेको हो ।
वैठकले प्रदेश सभा समानुपातिक तर्फ ५ जना नेताहरु क्रमश : कुन्ती बस्नेत, मनोज सिंह, घनश्याम शर्मा, पुमानन्द केसी र धन बहादुर नेपालीलाई सिफारिस गरेको छ ।
भोली बस्ने जिल्ला कमिटी बैठकले संघिय प्रतिनिधि सभा तर्फको उम्मेद्वार सिफारिस गर्ने नेकपा (एमाले) सल्यानका सचिव ओज बहादुर बुढाथोकीले बताए ।
उम्मेद्वार सिफारिसको लागी नेकपा (एमाले) निर्वाचन क्षेत्र समन्वय कमिटी ‘क’ को बैठक जारि छ ।
प्रतिकृया दिनुहोस्