सल्यानका पश्चिम क्षेत्रमा घरदैलो गर्दै पुगे, प्रगतिशील व्यासायिक प्यानलका उम्मेदवारहरू…..
दुर्गा विसि / फागुन २२, सल्यान । आगामी फाल्गुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यावसायिक प्यानलले सल्यान पश्चिमी क्षेत्रको सल्लिवजारमा मत माग्दै चुनावी प्रचारप्रसारलाई तिव्रता दिएको छ ।
प्रगतिशिल ब्यावसायिक प्यानललाई विजयी वनाउनको लागी उम्मेदवार सहितको टोलीले अाज सल्लिवजारमा मत माग्दै घरदैलो अभियान सञ्चालन गरेको हो । चुनाव प्रचारप्रसार मुल समितीका संयोजक विर बहादुर चलाउनेको नेतृत्वमा उम्मेदवारहरुको टोलीले बजारमा घरदैलो अभियानलाई व्यापकता पारेको हो ।
पश्चिम सल्यान क्षेत्रका जयतपानि, वावियाचौर, ढाेरपिपल, वालुवासँग्रहि, धारपानि, सल्लिवजार भ्याएर वेलुकि सुनौली वजार, त्रिवेणिवजार, शंखपिपल र गर्चेवजारमा घरदैलो अभियानका चलाउने भएको जनाईएको छ । घरदैलोका क्रममा उद्योगी ब्यावसायि तथा मतदाताहरु उत्साहित भएको र प्रगतिशिल प्यानल अगाडी बढ्ने प्रतिबद्धता उनीहरूले जनाएको बताइएको छ ।
नेकपा प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल ब्यावसायिक प्यानलबाट अध्यक्ष राजेन्द्र कुमार थापा, वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी, कोषाध्यक्षमा अशोक कुमार बोहोरा रहेका छन ।
यसै गरि तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजा, सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसी सहितकाे उम्मेदवार टाेलि सल्लिवजारकाे घरदैलो गर्दै मत माग्न हाेमिएको छ ।
अाफ्ना चुनावी एजेन्डा सहित आएका उनिहरूले व्यापारीहरुलाई अाफ्नाे पक्षमा मत माग्न अपिल समेत गरेका छन ।
प्रतिकृया दिनुहोस्