January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
बागचौरमा (एमाले)को घरदैलो अभियानमा उत्साह, जित सुनिश्चित छ : मल्ल (तस्विरहरु)

बागचौरमा (एमाले)को घरदैलो अभियानमा उत्साह, जित सुनिश्चित छ : मल्ल (तस्विरहरु)

वैशाख १६, सल्यान । स्थानिय तहको निर्वाचन अन्तरगत सल्यानको बागचौर नगरपालिकामा नेकपा (एमाले)ले चुनावी घरदैलो कार्यक्रमलार्ई तिव्रता दिएको छ । वैसाख ३० गते हुन लागेको निर्वाचनको तयारीमा नेकपा (एमाले)का तर्फ बाट मेयर, उपमेयर र वडाध्यक्षहरु सहित चुनावी घरदैलोलाई तिव्रता दिइएको हो ।

जनताको घरदैलोमा पुगेर साक्षतकार गर्दा चुनावी अभियानमा उत्साह आएको मेयरका उम्मेद्वार तिलक मल्ल ‘क्षितिज’ले बताए । ‘घरदैलो अभियानले जनतामा पनि उत्साह आएको छ’,मल्लले भने –‘जित सुनिस्चित छ ।’

चुनावी अभियान अन्तरगत शुक्रबार नगरपालिकाको वडा नं. १० का पिपलनेटा, दुवेरीचौर, भाटभिटे र आफल्ला लगायत अन्य टोल बस्तीमा घरदैलो गरिएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत वडा नं २,३,४,५,६र७मा अभियान सम्पन्न भएको बताईएको छ ।

तस्विरहरु :