February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
नेकपा एमाले छत्रेश्वरी गाउँकमिटीको बृहत अधिवेशन तथा पालिका भेला सम्पन्न

नेकपा एमाले छत्रेश्वरी गाउँकमिटीको बृहत अधिवेशन तथा पालिका भेला सम्पन्न

८ चैत, सल्यान।

नेकपा एमाले छत्रेश्वरी गाउँकमिटीकाे बृहत भेला तथा जनबर्गिय संगठनहरुकाे पालिका अधिवेशन सम्पन्न भएको छ।

पालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्काकाे अध्यक्षता तथा नेकपा एमालेका पाेलिटब्युराे सदस्य , कर्णाली प्रदेश सह- इन्चार्ज तथा सल्यान जिल्ला इन्चार्ज गुलाव जंग शाहकाे प्रमुख अातिथ्यतामा जिल्लाको छत्रेश्वरी गाउँपालिकाको भाेटेचाैरमा सम्पन्न भएको छ।

कार्यक्रममा विशिष्ट अतिथि पार्टी सचिव अाेज ब बुढाथोकी ,प्रदेश कमिटी सदस्य कुन्ता बस्नेत ,पार्टीका जिल्ला कमिटीका सचिवालय सदस्य ,जिल्ला कमिटीका सदस्य ,पार्टीका सल्लाहकार सदस्यहरु ,विभिन्न जनवर्गीय संगठनका प्रमुख एवं प्रतिनिधिहरु ,पत्रकार लगायतका सम्पूर्णकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा विभिन्न जनबर्गिय संगठनका पालिका अधिवेशनले नयाँ नेतृत्व निमार्ण गरेको थियाे ।

साथै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि थुप्रैले एमाले पार्टी प्रवेश गरेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज