September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

२७ फागुन,सुर्खेत।

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय वैचारिक, राजनीतिक प्रशिक्षण तथा बृहत कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा समपन्न भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानीप्रसाद शर्मासहित काँग्रेसका दर्जन बढी नेता/कार्यकर्ता र जनता समाजवादी पार्टीका कर्णाली प्रदेश उपाध्यक्ष पवित्र शर्मासहित जसपाका दर्जनौं कार्यकर्ता नेकपा(माओवादी केन्द्र) समाहित भएका छ्न।


उनिहरुलाइ अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन।

यसैबिच उक्त प्रशिक्षण कार्यक्रमले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको पदाधिकारी पनि चयन गरेको छ ।
जसको अध्यक्षमा विमला केसी (रुकुम पश्चिम) ,उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान)
उपाध्यक्ष: ढकवीर राना (जाजरकोट)
उपाध्यक्ष:कृष्ण जिसी (सुर्खेत)
सचिव: धनजित शाही (कालिकोट)
सहसचिव: बीरबहादुर कुवँर (जुम्ला)
सहसचिव: लालकेश जैसी (हुम्ला)
सहसचिव: विर्खबहादुर थापा (मुगु)र
कोषाध्यक्ष: मालबहादुर रोका (डोल्पा) रहेका छन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज