February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
रोल्पाले देखाएको परिवर्तनको बाटो पूरा गर्न सकिएन : अध्यक्ष प्रचण्ड

रोल्पाले देखाएको परिवर्तनको बाटो पूरा गर्न सकिएन : अध्यक्ष प्रचण्ड

१४ चैत , रोल्पा।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले देखाएको परिवर्तनको बाटो पूरा गर्न नसकेको स्विकारेका छन।

साेमबार बिहान राेल्पा पुगेका प्रचण्डले राेल्पा नगरपालिकाले निर्माण गरेकाे जनयुद्ध स्मृति भ्युटावरको उद्घाटन गर्दै यस्तो बताएका हुन।

प्रचण्डले भने “जनयुद्धकाे क्रममा हामीले जुन उद्देश्य लिएर हिडेका थियौ केही मात्रमा पूरा गरेपनी बाटो चिन्न नसकेको जिकिर गरे।

आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र राजनीतिक परिवर्तन पनि जडपनि रोल्पा रहेको भन्दै ‘यो टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको छ’, उनले भने ।

“त्यतिबेला जब मलाई अप्ठ्यारो पर्थ्याे तब म राेल्पा रुकुम आउथे र यहाँका जनताकाे उत्साहले उर्जा लिएर थप याेजनाका साथ अघि बढथे।”

रोल्पा जिल्लाको नाम देशमा मात्र नभई विश्वभरी चलेको दाबी गर्दै जनयुद्धको आधार इलाका पनि रोल्पा भएको र संघीय लोकतन्त्रको स्थापना भएको बताए।

रोल्पालाई प्युठानको स्वर्गद्वारीसँग जोड्न सकेमा पर्यटनको विकासमा थप टेवा हुने बताउदै रोल्पाले देखाएको परिवर्तनको बाटो अझै पूरा नभएको समेत बताएका छन।

साथै लिवाङमै आयोजना गरिएको बृहत जनसभालाई सम्बोधन गर्दै उनले आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताएका छन।

निर्वाचनका बेला अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने, सकेसम्म आफ्नै शक्तिमा निर्वाचन लड्ने बताएका हुन ।

‘गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो’, उनले भने ।

तत्कालीन केपी ओली सरकारप्रति लक्षित गर्दै दाहालले भने, ‘संविधान र जनयुद्ध तथा जन आन्दोलनले स्थापना गरेका मान्यता उल्ट्याउने देखेपछि गठबन्धन निर्माण गरिएको हो ।’ उक्त गठबन्धनको अझै खाँचो भएको  बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज