September 21, 2026, Monday
२०८३ आश्विन ५, सोमबार
करिव ६ करोड लागतमा निर्मित भ्युटावर उद्घाटन गर्न रोल्पा आउदै प्रचण्ड

करिव ६ करोड लागतमा निर्मित भ्युटावर उद्घाटन गर्न रोल्पा आउदै प्रचण्ड

१४ चैत,रोल्पा ।
 
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज राेल्पा जाँदैछन ।

युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी राेल्पा नगरपालिकाले निर्माण गरेकाे `जनयुद्ध स्मृति टावर´काे उनले उद्घाटन गर्ने र
स्थानीय तह निर्वाचन नजिकिए संगै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेकाे सदरमुकाम लिबाङमा बृहत जनसभालाई सम्बोधन गर्न राेल्पा जान लागेका हुन। उनी अहिले १० बजे लिवाङ अवतरण हुनेछ्न।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्राेहकाे क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदकाे नाम राखिएको छ । कतिपयकाे शालिक पनि राखिएको छ ।

करिब ६ कराेडमा निर्माण सम्पन्न टावरकाे मध्याह्न प्रचण्डले उद्घाटन गर्ने छ्न।

यसपछि प्रचण्डले पार्टीले लिबाङकाे टुँडिखेलमा आयाेजना गर्ने आमसभालाई सम्बाेधन गर्नेछन ।