March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
रोल्पा बाट सहिद पुत्रको प्रचण्डलाई खुल्ला पत्र

रोल्पा बाट सहिद पुत्रको प्रचण्डलाई खुल्ला पत्र

-तेज बिक्रम वली

कामरेड प्रचण्ड ज्यु
क्रा’न्तिकारी लाल अभिबादन ।

तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । तपाईंलाई क्रा’न्तिकारी लाल अभिबादन भन्न पनि लाज लागेर आउछ । कामरेड भन्न झन् लाजमर्दो अनुभूति भइरहेको छ । कारण, तपाईंले हिजो बाडेका आश्वासन । देखाउने गरेका सपना । क्रान्ति प्रतिको लगानी सबै नक्कली रहेकोे कुरा तपाईंका कार्यकर्ताले झापड र चप्पल प्रहार बाट स्पष्ट रूपमा पुष्ठि गरिसकेका छन ।

तपाईले राजनीति कहिले र कसरी सुरु गर्नुभो, त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह ममा छैन । म त्यति बिज्ञ र बिस्लेसक पनि हैन, जसले तपाईलाई सुझाव दिन सकोस् तरपनि म सहिदको सन्तति , रोल्पाली र सहिद परिवार भएकोले जनयुद्धलाई नजीक बाट नियाल्ने अबसर पाएकोले मेरा केही सुझाव तपाईंलाई ।

एकपटक तपाईं आफै आत्मासमिक्षा गर्नूहोस कि हिजोका दिनमा प्रचण्ड भनेपछि मरिहत्ते गर्ने दूखी, गरीब , सहिद परिवार , बेपत्ता परिवार , घाइते जन , ज्यालामजदुरि काम गरिखाने मजदुर दलित निम्न बर्ग भनिने सबै र सूकूम्बासीहरु किन प्रचण्ड प्रति यति रुष्ट छन् ? हिजोसम्म कम्युनिस्ट भनेर चिनिने तपाइलाई आज यिनैले गद्दार , दलाल र पूजिपतीको नाम किन दिदैछन ?

पहिले आफू स्थापित हुनलाई सोझासाझा जनतालाई भिडाउछन। आफू पदमा पुगेपछि कुर्सीकै तानाखिची गर्छन् । दु:खमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यसो हुनुमा दुईवटा कारण हुन सक्छ । पहिलो कताबाट शक्तिमा पुग्न सकिन्छ भनेर कहिले काङ्ग्रेस त कहिले एमाले संग गठबन्धन गर्नू । अर्को कम्युनिस्ट पार्टीको आफ्नै बिचार नीति सिद्धान्त हुन्छ , जसलाई कुल्चियर अघि बढ्नु ।

जहाँ अन्याय हुन्छ त्यहा बिद्रोह हुनू स्वाभाविक कूरा हो । जसलाई नेपाली जनताले गरेका विभिन्न आन्दोलनले स्पष्ट पारिसकेको छ । नेपाली जनता आफ्नो ज्यानको प्रभाह नगरी सहिद बन्न घाइते बन्न पछि हटेनन, डरायनन् । किनभने उनीहरुलाई सपना हरू देखाइएको थियो । जुन सपनाहरू, एउटा सुन्दर देश जहाँ नारीहरू पूरुष सरह नभई दोस्रो दर्जाको नागरिक भयर बाच्नु पर्दैन । जहाँ हाम्री दिदिबहिनीहरू,छोरी चेलिहरू भारत लगायतका अन्य दोस्रो मूलूकमा भोगबिलास तथा दासीको रूपमा बेचिनू पर्दैन । जून ब्यबस्थामा नेपालका दलितमाथि कूनै दमन हूर्दैन। समानता छायको हुन्छ । जहाँ सूकूमबासी ले त्रिपाल टाँगेर चिसो हूरी बतासमा कहालीलाग्दो जीवन बाच्नू पर्दैन।जहाँ नेपालका यूबाहरू खाडि मूलूकमा नोकर चाकरको ,दासको जीवन बाच्नू पर्दैन । जून ब्यबस्थामा कोहि नेपाली भोकै हुदैन । जहाँ सबै नेपालीलाई गाँस, वास कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र स्वतन्त्र जीवन मिल्नेछ । जहाँ गरिब र धनीले लिने शिक्षामा अन्तर हुनेछैन । त्यस्तो ब्यबस्था सिर्जना गर्ने उदेश्यका साथ २०५२ फाल्गुन १ गते नेपालमा पनि (माओबादी ) ले क.प्रचण्डको नेतृत्वमा जनयु’द्धको सङखघोस गरे संगै देशमा मा’र्ने र म’र्ने जस्तो जटिल परिस्थिती सिर्जना भयो । तर आज सहिदको सपनालाई १० लाखमा साट्ने , देशका नदिनाला बेच्ने , ब्यक्तीगत स्वार्थमा तल्लीन हुने , जनबादी शिक्षा ल्याउछौ भन्ने बाहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ ।

सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै बिस्वका विभिन्न सहरहरुमा भएका नेपालीहरूको पीडा शब्दले व्याख्या गर्न सकिदैन् । तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै नेपाली मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् ।

अब यहि आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दुख पाउन सुहाउँछ र ? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग नेपालका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । जनता सँग तपाईंप्रतिको बिश्वास पनि बढेको थियो । जो अहिले हराएको छ । अब म तपाइको क्षमता माथि प्रश्न गर्न चाहन्न । हिजो तपाईंको साथमा हुनू भएका क. बिप्लव र बाबुराम टुटनुको कारण पत्ता लगायर एकताका साथमा लाग्नूभय धेरै उत्तम हुनेथियो ।

काम गर्दा पनि कहिँ न कहिँबाट नकारात्मक टिप्पणी त आइनै हाल्छ्न। तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नु पर्ने समय हो । जनताको दु:खमा भौगोलिक विकटतामा, दलित, पिछडिएको बर्ग सबैलाई समतामूलक व्यबहार गर्दै सूखी र खूसी नेपालीको परिकल्पना स्वोरोजगारको सिर्जना विभिन्न कलाकारखाना खोली नेपालको कायापलट गर्ने अभियान सहित तपाइको सहभागिता देख्न पाउने आशा गर्दछु ।

(लेखक, रोल्पा जिल्ला गंगादेव गापाका जनयु’द्धका सहिद दुर्गे वली ” जुनकीरी ” का छोरा हुन ।)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज