कर्णालीका मुख्यमन्त्री शाहीलाई नेकपाका २ अध्यक्ष द्वारा छुट्टाछुट्टै निर्देशन
कार्तिक ०७, काठ्मान्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले नेकपा कर्णाली प्रदेश सभा संसदिय दलको नेता तथा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई २ छुट्टाछुट्टै निर्देशन दिएका छन ।
कडेलको नेतृत्वमा आफ्नै पार्टीको मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर संकलन गरेपछि नेकपामा चुलीएको विवादको समाधानको लागि २ अध्यक्षले छुट्टाछुट्टै निर्देशन दिएका हुन । दुई अध्यक्ष द्वारा दिइएका छुट्टाछुट्टै निर्देशन एकअर्कामा बाझिने खालका रहेका छन । मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशमा उत्पन्न बिबाद मिलाउन दुई अध्यक्ष बिच कार्तिक ४ गते छलफल भएपनी सहमति हुन नसके पछि छुट्टाछुट्टै निर्देशन जारी गरिएको बुझिएको छ । दुबै अध्यक्षले जारी गरेका निर्देशन यतिबेला सामाजिक संजालमा छ्यापछ्याती भएका छन ।
कार्तिक ०५ गते मुख्यमन्त्री शाहीलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका र अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत जनाएका शाहलाई मुख्यमन्त्री द्वारा गरिएको कारबाही फिर्ता लिन र सोही जिम्मेवारीमा पुन: स्थापित गर्न भनिएको छ ।
नेकपाका नेता यामलाल कडेलको नेतृत्वमा मुख्यमन्त्री शाही विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन सकृय भएपछी मुख्य मन्त्री शाहिले पुर्व प्रमुख सचेतक शाहलाई असोज २५ गते पदच्युत गरेका थिए ।
कार्तिक ०५ गतेको मितिमा लेखिएको भएता पनि पत्र सामाजिक संजालमा आज मात्रै सार्वजनिक भएको हुनाले पुरानो मितिमा पत्र आजै लेखिएको हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै अर्का कार्यकारी अध्यक्ष प्रचण्डले पनि कर्णालीमा उत्पन्न विवाद समाधानको लागि नेकपा कर्णालीका पदाधिकारी र मुख्यमन्त्रीलाई पत्र लेखेका छन । पत्रमा कार्तिक ०४ गते अर्का अध्यक्ष ओली सँग कर्णालीको बिबाद समाधानको लागि बार्ता भएको र
बार्तामा कर्णालीका मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धि निर्णय प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले गर्ने समझदारी भएको हुनाले सोही बमोजिम गर्ने उनले आग्रह गरेका छन ।
प्रतिकृया दिनुहोस्