March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
जब प्रचण्डले प्रकाण्डलाई जवाफ दिए :- “कमरेड गुरिल्ला भनेको तपाई नै हो……

जब प्रचण्डले प्रकाण्डलाई जवाफ दिए :- “कमरेड गुरिल्ला भनेको तपाई नै हो……

२५ औं जनयु’द्ध दिवसको अवसरमा नेकपा (नेकपा) सल्यानका नेता कर्णाली प्रदेश सदस्य कृतिबहादुर पुन ‘प्रकाण्ड’ सँग नयाँ दृष्टि डटकमका सम्पादक भुमप्रकाश भण्डारी ‘भुपिन’ले लिनुभएको विशेष अन्तरबार्ता।

१. जनयु’द्धमा किन लाग्नु भयो ?

न्याय, मुक्ति र स्वतन्त्रताको लागी हामीले संघर्ष गर्नुपर्छ, यो सडेगलेको राजतन्त्र अन्त्य गर्नुपर्छ भन्ने लक्ष्यका साथ हामी जनयु’द्धमा लाग्यौं ।

२. सडेगलेको राजतन्त्र  भन्नुभयो, राजतन्त्रले के गरेको थियो र त्यतिबेला राजतन्त्र नै फाल्नुपर्ने ?

अब कस्तो थियो भने राजाको छोरा राजा हुने । प्रजा सधै प्रजा भैरहने । यो एकतन्त्रीय खालको र ठुलावडाहरूको निमित्त मात्रैको शासन व्यवस्था भएको र निमुखा सर्वहारा वर्गको लागि यो सह्य छैन भनेर राजतन्त्रको विरु’द्धमा लागिम।

३. पार्टीका के के भुमिकामा रहेर काम गर्नुभयो ?

२०४८ सालमा पार्टी सदस्यता लिए त्यसपछि जनयु’द्ध तयारीको क्रममा ल’डाकु दलको कमान्डर, सिज अभियानको सदस्य हुँदै शान्तिकाल सम्म आउँदा तत्कालीन पार्टीको पोलिटब्युरो सद्स्य सम्मको भुमिका पूरा गरे।

४. जनयु’द्ध सँग जोडिएको अविस्मरणीय क्षण के छ?

२०५२ साल माघ २९ गते मलाई जनयु’द्धको पर्चा पोस्टर टाँस्ने जिम्मा दिइएको थियो । हामी ३ जना साथीहरू राति १२ बजे रागेचौर गएर जनयु’द्धको पोस्टर टाँसेका थियौं । एकजना साथी लोकेन्द्र गिरी पछी सहिद हुनुभयो । अर्को बिमला चन्द अहिले कतै पेशामा हुनुहुन्छ होला । जनयु’द्धको पोस्टर टाँस्न गएको त्यो घटना चै मलाई अहिल्यै हो कि जस्तो लाग्छ । सधैं याद हुन्छ।

अर्को चैं जनयु’द्ध तयारीको अन्तिम प्रशिक्षण थियो रोल्पाको पाछावाङ्मा । म सिज अभियानको सदस्य थिए त्यतिबेला । प्रमुख अतिथि प्रचण्ड आउनु भएको थियो। प्रशिक्षण सकिएपछि उहालाई सल्यानको श्रीनगर सम्म छोड्ने जिम्मा मलाई पर्यो । हामी सुकिदह हुँदै हाम्रो घरमा आएर खाना खायौं । प्रशिक्षणमा उहाहरू गुरिल्ला यु’द्ध सुरुगर्ने भन्नूहुन्थ्यो । गुरिल्ला तयार भैसके भन्नुहुन्थ्यो । तर मलाई गुरुल्ला भन्ने के होला , कस्ता हुन्छन होला भन्ने लाग्थ्यो र उहाँलाई रिटिट गर्ने क्रममा डराईडराई सोधे – कमरेड, यो गुरिल्ला भनेको के हो, कस्ता हुन्छन ? कहाँबाट आउछन् ? त्यसपछि उहाँले भन्नुभयो ” गुरिल्ला भनेको तपाई नै हो कमरेड । धेरै महत्त्वपूर्ण काम तपाईंले गरिसक्नु भएको छ। अहो! गुरिल्ला भनेका त हामी नै रछौंउ भन्ने लाग्यो । त्यो घटना पनि स्मरणीय छ।

५. जनयु’द्धका राम्रो र नराम्रो पक्षहरू के हुन ?

राम्रो पक्ष के भने जनयु’द्ध नभएको भए मानिसहरूको चेतनामा यति छिटो परिवर्तन हुने थिएन। यसले आम मान्छेहरूको समग्र चेतनामा परिवर्तन ल्याइदिएको छ। शोषणका वि’रुद्ध लड्नु पर्छ, बैज्ञानिक खालको ब्यबस्था हुनुपर्छ भन्ने मान्यता बनेको छ र अहिले पनि त्यस्तो ब्यबस्थाकै खोजी भैरहेको छ। जनयु’द्ध नभएको भए अहिले जुन ब्यबस्था छ । यति पनि परिवर्तन हुने थिएन । नराम्रो पक्ष चैं के भने उतिबेला हामीले एकैचोटि जनयु’द्ध, नौलो जनवाद, समाजवाद र साम्यवाद को ब्याख्या गर्‍यौं । अहिले यो अवस्थामा आउदा जनतामा अली अबिस्वास भयो । त्यतिबेला एकैचोटि सबै व्याख्या नगरेर ठिकै गरेको भए हुनेरहेछ जस्तो लाग्छ ।

६. २५ औं जनयु’द्ध दिवसको सन्दर्भमा के भन्न चाहानुहुन्छ ?

महान जनयु’द्धको क्रममा सहिद, बेपत्ता हुनुभएका कमरेडहरू लाई आत्मै देखि हार्दिक श्रद्धा’ञ्जली दिन चाहन्छु। घाइते अपांगहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आभार प्रकट गर्दछु। छरीएर रहेका सबै क्रा’न्तिकारी जनसमुदाय र माओवादी साथीहरूलाई शुभकामना व्यक्त गर्दछु।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज