January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
माओवादी केन्द्र दार्मा गाउँपालिका सल्यानले लगायो उम्मेदवार टुंगो

माओवादी केन्द्र दार्मा गाउँपालिका सल्यानले लगायो उम्मेदवार टुंगो

१८ चैत , सल्यान।
सल्यानको दार्मा गाउँपालिका वडा न. ५ सल्यानले स्थानिय तहको निर्वाचनको लागि अध्यक्ष सहित अन्य उम्मेदवारको अन्तिम टुंगो लगाएको छ ।

वडा कमिटिको बैठकले स्थानिय तहको निर्वाचनका लागी सबै उम्मेदवारहरू सहमतिका आधारमा टुङ्गो लगाएको हो ।

वडा अध्यक्ष पदमा सुदिप के.सी र सदस्यहरुमा निमबहादुर खड्का, जय बहादुर खड्का महिला सदस्य हिरा खड्का, दलित महिला सदस्य जय कलि वि.क लाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ ।

उम्मेदवार घोषणा गर्नेमा दार्मा ५ पहिलो भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका सचिव निमबहादुर के.सी अरुणले बताउनुभयो ।

चुनावको मिति नजिकीदै गर्दा विभिन्न राजनितिक दलहरुले चुनावी गतिविधिलाई तिव्र पारेका छन भने कतिपय ठाउँमा उम्मेदवारहरुको नामावली घोषणा सुरु भएको छ ।