लुम्बिनीमा एमालेको बहुमत फेरि गुम्यो, सांसद विमला वली माओवादीमा प्रवेश
बैशाख १९, रुपन्देही । लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।
दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।
तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला वली पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको एक नेताले बताए ।
वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। सवारी दुर्घटनामा उनको निधन भएपछि भएकाे उपनिर्वाचनमा वली विजयी भएकी थिइन् ।
वलीको माओवादी प्रवेश सँगै लुम्बिनी प्रदेशमा नयाँ सरकारले हलचल भएको छ। आजै पदबाट राजीनामा दिएका पोखरेलले बहुमत संख्या ४१ सांसदसहित मुख्यमन्त्रीमा फर्किने योजना बनाएका थिए। तर वली माओवादीका लागेसँगै पोखरेलले बहुमत जुटाउन नसक्ने अवस्था आएको हो।
दुर्घटनामा ज्यान गुमाएका उनका पति उत्तरकुमार वली एमालेबाट निर्वाचित भएका थिए। तर उपनिर्वाचनका बेला दुई पार्टी मिलेर नेकपा बनेको थियो। नेकपाबाट उपनिर्वाचन लडेकी उनी फागुन २३ मा दुई पार्टी ब्यूँतिएपछि कता लाग्ने भन्ने टुंगो थिएन।
यस्तोमा लुम्बिनीमा सत्ताको खेल भइरहँदा वलीले माओवादीलाई साथ दिने भएकी हुन्। मुख्यमन्त्री पोखरेलले उनीसहित ४१ जना सांसदको हिसाबसहित बहुमत दाबी गरेको थिए।
माओवादी भइसकेँ : विमला
यसैबीच विमलाले आफू माओवादीमा प्रवेश गरेको बताएकी छन्। आफूलाई उपनिर्वाचनमा नेकपाबाट उठ्दा माओवादीले नै जिताएकाले त्यतै लागेको उनले जानकारी दिएकी छन्।
‘हो म माओवादीमा प्रवेश गरिसकेकी छु’, उनले भनिन्, ‘मलाई माओवादीले नै जिताएकाले यो निर्णय लिएकी हुँ।’ यसैबीच माओवादीले विमला पार्टी प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई दिइसकेको छ।
प्रतिकृया दिनुहोस्