दाङ सल्यान सडक खण्ड आज देखि ८ घण्टा बन्द हुने
२२ फागुन, सल्यान ।
सडक स्तरोन्नतीको काम समयमै सम्पन्न नहुदाँ राप्ती लोकमार्ग फेरी बन्द हुने भएको छ । सडकको स्तरोन्नतीको काम अझै बाँकी रहेकाले राप्ती लोकमार्ग अन्तर्गत सल्यानको कपुरकोट देखी दाङ तुलसीपुर सडकखण्डको चोरखोलामा दैनिक साढेँ आठ घण्टा बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सडकको स्तरोन्नतीको काम भइ रहेका हुनाले करिब २० दिन यस सडक खण्डमा दैनिक रुपमा सवारी आवगमन बन्द हुने भएको हो ।
सडकको माथिल्लो भाग कटिङ गर्नुपर्ने भएकाले दैनिक साँढे आठ घण्टा सडक बन्द गर्ने अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताउनु भयो । पहिलो र दोस्रो चरण गरेर २० दिन सडकमा सवारी आवगमण बन्द हुनेछ।
जसमा फागुन २२ गते देखी चैत १ गते बिहान ७ बजे देखी ९ बजे सम्म, बिहान ११ वजे देखी दिउसोँ ३ बजेसम्म र बेलुका साढेँ ५ वजेदेखी राती ८ बजेसम्म सडकमा सवारी आवगमण बन्द हुने छ ।
सम्झौता अनुसार यही चैत मसान्त सम्म सडकको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।
लेखकको सम्वन्धमा