April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
राप्ती राजमार्गको कपुरकोेट- चोरखोला खण्डको सडक विस्तार कार्यमा ढिलाई, यात्रुलाई सास्ती

राप्ती राजमार्गको कपुरकोेट- चोरखोला खण्डको सडक विस्तार कार्यमा ढिलाई, यात्रुलाई सास्ती

बैशाख १२, सल्यान । राप्ती राजमार्ग अन्तरगतको कपुरकोट – चोरखोला खण्डको सडक स्तरोन्नती तथा विस्तार कार्यमा असाधारण ढिलाई भैरहेको छ । उक्त खण्डको सडक स्तरोन्नति गर्ने भन्दै सडक डिभिजन कार्यालय दाङले गत चैत २३ गते देखी कपुरकोट देखी चोरखोला सम्मको सडकमा विहान ११ बजेदेखी दिउसो ३ बजेसम्म र राति १२ बजेदेखी बिहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाए पनि हालसम्म सडक स्तरोन्नतिको कामले खासै गति लिन नसकेको हो ।

सुरुमा चैत २३ बाट बैसाख १ गतेसम्म १० दिनको समय लिएर काम थालिए पनि काम सम्पन्न नभए पछि बैशाख ३ गते बाट १२ गतेसम्म पुनः म्याद थपिएको थियो । तर उक्त थपिएको समयमा पनि काम सम्पन्न नभएपछि पुनः बैशाख १३ गते बाट ३१ गतेसम्म सडक स्तरोन्नतिको लागी सडक डिभिजन कार्यालय दाङको पत्रानुसार राति २ बजे देखी बिहान ६ बजेसम्म र बिहान ११ बजेदेखी दिउसो ४ बजेसम्म उक्त सडकखण्ड पूर्णरुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

तोकिएको समयमा काम सम्पन्न नभएर लामो समयसम्म बाटो पूर्णरुपमा बन्द हुदा यात्रुहरुले भने सास्ती व्यहोर्नु परेको छ । सल्यान, रुकुम र रोल्पाका विभिन्न स्थान बाट सवेरै कपुरकोट पुगेका सवारी साधनहरु घण्टौं जाममा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । यद्यपि सडक निर्माणको कामले गति लिन सकेको छैन ।

हालसम्म निकै थोरै सडक मात्र कटिङ गरिएको छ । सडक निर्माण कार्यमा ३ वटा स्काभेटर र एउटा जसिवि मात्र प्रयोग भएका छन । काम अनुसारको स्रोत साधन र जनशक्ति परिचालन नहुदा सडक स्तरोन्नतिको काममा असाधारण सुस्तात आएको छ भने दैनिक सयौं यात्रीहरुले समयमै गन्तव्यमा पुग्न नपाउनुको साथै सास्ती व्यहोर्नू परेको छ । तर निर्माण जिम्मा पाएको कम्पनिले भने काम गर्ने समय नै कम भएकाले काममा ढिलाइ भएको बताएको छ ।

सडक निर्माण अवधिभर साना तथा हलुका सवारी साधनहरु लाई भने कपुरकोट – किमुचौर – लामिडाडा- साताबास – पैयाखोरसम्म अस्थायी डाइभर्सनको व्यवस्था गरिएको छ ।

फाइल फोटो ।

हेर्नुहोस, म्याद थप गरिएका  जिल्ला प्रशासन कार्यालय सल्यानका सूचनाहरू :

१.

२.

३.

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज