राप्ती राजमार्गको कपुरकोट – चोरखोला सडकखण्ड दस दिनको लागी बन्द
चैत २१, सल्यान । राप्ती राजमार्ग अन्तरगतको कपुरकोट – चोरखोला सडकखण्ड दस दिनको लागी बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय दाङको जानकारी अनुसार उक्त सडक खण्ड स्तरोन्नतिको लागि यहि चैत २३ गते देखी २०७८ बैशाख १ गते सम्म बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म पूर्णरूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक सूचना निकालेर जानकारी गराएको छ ।
साथै उक्त समयमा अत्यावश्यक हलुका सवारीसाधन कपुरकोट बजार देखी दाङ जिल्ला तुल्सीपुरको पैंयाखोरसम्म निर्माण गरिएको डाइभर्सन प्रयोग गर्न सकिने पनि जिल्ला प्रशासन कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्