सल्यानमा एमाले फुटले पार्टी झन सुदृढ भयो : अध्यक्ष पुन
२१ फागुन, सल्यान। नेकपा एमाले सल्यान जिल्ला कमिटी अध्यक्ष गाेबिन्द पुनले एमाले फुटले सल्यानमा कुनै असर नपार्ने बताएका छन । उनले पार्टि फुटेर सल्यानमा एमाले कमजोर भयो भन्ने भ्रममा कार्यकर्ता नरहन पनि अनुरोध गरेका छन।
आज जिल्ला सदरमुकाम खलंगामा राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिबेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन।
एमाले कमजोर हैन झन बलियो भएको छ, पार्टी भित्र निकाल्नु पर्ने फोहोर आफै हावाले उडाएर लगेको छ,
र अब पार्टि झन सुदृढ र मजबुत भएको उनको दाबी छ।
उनले आउदो निर्वाचनमा नेकपा एमालेलाई सुदृढ देखेर नै अन्य पार्टीले मोर्चा बन्दी गरेको र त्यो मोर्चाबन्दीले एमालेको जितमा कुनै असर गर्दैन ,जति मोर्चा बन्दि गरे पनि एमालेको जित सुनिश्चित भएको बताएका छन।
अध्यक्ष पुनले समाज र देशको बिकास गर्न युवाहरुको महत्त्व हुने हुदा युवाहरुको नेतृत्व अझै कृयासिल भएर आउनु पर्ने उल्लेख गरेका छ्न।
कार्यक्रमा युवा संघ नेपालका सल्यान जिल्ला ईन्चार्ज मेघराज बस्नेत, एमाले प्रदेश कमिटी सदस्य मनोज प्रधान, मनोज सिंह, कुल बहादुर गिरी, नेकपा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्य महेश देवकोटा, चक्र बिएम, युवा संघ नेपाल सल्यानका संयोजक रुपक बुढा, अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्ष घनश्याम पुन, एमाले छत्रेश्वरी गाउँकमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, प्रेस चौतारी सल्यानका अध्यक्ष प्रकाश भण्डारी, युवा संघ नेपाल सल्यान क्षेत्र न ख संयोजक डिल्लीराज खड्का, लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्