सल्यानमा जारी निषेधाज्ञा असार २० गतेसम्म थप, यस्ता छन – नयाँ नियमहरू
असार ०९, सल्यान । कोरोना महामारीको रोकथाम तथा संक्रमण नियन्त्रण गर्न जारी निषेधाज्ञा पुनः थप गरिएको छ ।
जिल्लामा कोरोना संक्रमित बिरामी घटेपनी संक्रमण दर उच्च भएकोले डिसिएमसी को निर्णयको आधारमा प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाइ खतिवडाले असार २० गतेसम्म निषेधाज्ञा जारी गर्नु भएको हो ।
थप गरिएको निषेधाज्ञामा खाद्यान्न, तरकारी लगाएत अत्यावस्यक पसलहरू बिहान ६ बजेदेखी दिउँस २ बजेसम्म खोल्न पाइने र निजि हलुका सवारी साधनहरू जोरबिजोर प्रणालीमा संचालन गर्न पाइने भएको छ भने अन्य नियमहरू खासै परिवर्तन भएका छैनन् ।
हेर्नुहोस निर्णयको पूर्ण पाठ –
प्रतिकृया दिनुहोस्