May 26, 2026, Tuesday
२०८३ जेष्ठ १३, बुधबार
एमालेमा प्रवेश गरेका ‘क्रान्ति’ विप्लव नेकपाको ब्यूरो सदस्य नभएको भन्दै पार्टी द्वारा खण्डन

एमालेमा प्रवेश गरेका ‘क्रान्ति’ विप्लव नेकपाको ब्यूरो सदस्य नभएको भन्दै पार्टी द्वारा खण्डन

नयाँ दृष्टि डेस्क / बैशाख ११, सल्यान । नेकपा एमालेमा प्रबेश गरेका जनमुक्ति सेनाका पूर्व बटालिएन कमान्डर तथा विप्लव नेतृत्वको नेकपाका नेता लालबहादुर बुढाथोकी (क्रान्ति) विप्लव नेकपाको राप्ती ब्युरो सदस्य नभएको भन्दै पार्टीले खण्डन गरेको छ ।

विप्लवको राप्ती ब्युरो सदस्य परित्याग गरेर उनी एमाले प्रवेश गरेको भनेर सामाजिक संजालमा प्रचार भएपछि नेकपा सल्यानले एक प्रेस नोट सार्वजनिक गर्दै उक्त बिषयलाई खण्डन गरेको हो ।

उनी पार्टीको सामान्य जिम्मेवारी रहेको तर राप्ती ब्युरो सदस्य नभएकोले भ्रममा नपर्न सेक्रेटरी तुफानले अपिल गरेका छन ।

क्रान्ति भनिने बुढाथोकी बिहीवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, एमाले केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य गुलाबजंग शाह सँग टीका लगाएर विप्लव परित्याग गर्दै एमाले प्रवेश गरेका थिए ।