May 13, 2026, Wednesday
२०८३ बैशाख ३०, बुधबार
विप्लव निकट विद्यार्थी संगठनद्वारा पहिरो पिडित बिद्यार्थीलाई खाद्यान्न र कापी कलम वितरण

विप्लव निकट विद्यार्थी संगठनद्वारा पहिरो पिडित बिद्यार्थीलाई खाद्यान्न र कापी कलम वितरण

भदौ,३० सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रा’न्तिकारी) सल्यानले छत्रेश्वरि गाउँपालिका १ चामेका पहिरो पिडितहरुलाई राहत वितरण गरेको छ ।

मंगलबार, एक कार्यक्रमका विच पहिरो पिडित १४ घरपरिवारलाई पैतिस हजार रुपैयाँ बराबरको खाद्य सामग्री चामल, दाल, तेल, नुन लगायत बालबालिकाहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा अखिल (क्रा’न्तिकारी) सल्यानका पुर्व अध्यक्ष टंक प्रकाश के .सी, संगठनका अध्यक्ष गणेश क्षेत्री (प्रभाकर), काेषाध्यक्ष प्रभास क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला सदस्य टाेप बहादुर, एरिया सदस्यहरु सुवास, निर्मल, रमेश र सुनिल लगायतको उपस्थित थियोे ।

कार्यक्रममा संगठनका पुर्बअध्यक्ष केसिले विद्यार्थी आन्दो’लन न्याय र सत्यको अर्को नाम भएकोले राष्ट्रियता, जनतन्त्र र जनजिविकाकाे पक्षमा निरन्तर सं’र्घषमा रहेको विद्यार्थी आन्दोलन माथि गरिएको दमन मानवअधिकार र स्वतन्त्रताको वि’रुद्ध अन्या’यपूर्ण रहेको बताए।

त्यसैगरी संगठन सधैं वैज्ञानिक समाजवादी शिक्षाका निम्ति संघ’र्ष गरिरहेकाे र याे देशका ९० लाख विद्यार्थीकाे भविष्य अखिल (क्रान्तिकारी )ले मात्रै सुनश्चित गर्ने अध्यक्ष प्रभाकरले बताएको एक सदस्यले बताएका छन् ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज