September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
वीपी विचार राष्ट्रिय समाज सल्यानले भन्यो-राजनीतिक इगो र विचारका आधारमा कारबाहीको माग नगरौं

वीपी विचार राष्ट्रिय समाज सल्यानले भन्यो-राजनीतिक इगो र विचारका आधारमा कारबाहीको माग नगरौं

वीपी विचार राष्ट्रिय समाज सल्यानका सदस्य तथा नेपाल तरुण दल दार्माका सल्लाहकार विशाल सिंह ठकुरीले कोरोना महामारीको लकडाउन बाट प्रभावित दार्मा ५ का स्थानिय बिपन्न परिवारलाई खाद्यान्न लगाएतका राहत सामाग्री बितरण गरेको सन्दर्भमा सल्यान दार्मा गाउपालिका प्रशासनले कारबाहीको माग गरेको घटना प्रति वीपी विचार राष्ट्रिय समाज सल्यानले गम्भीर ध्यानकर्षण भएको बताएको छ ।

मंगलबार समाजका अध्यक्ष नेत्रलाल ओली र महासचिव रामचन्द्र केसी द्वारा जारी गरिएको एक प्रेस बिज्ञप्तिमा भनिएको छ – ” व्यत्तिगत लगानीमा राजनीतिक आस्था, विचार भन्दा पनि मानवीय जीवन रक्षाका लागि गरिएको कार्यमा गाउँपालिकाले कारवाहीको प्रक्रिया चाल्नु दुखद् हो । यस बिषयमा समाजको आपत्ती पनि छ।”

विशाल सिंह र उनको परिवारले आफ्ना हजुर बुवाको चौथो स्मृति दिवसको अवसरमा राहत बितरन गरेपछी स्थानिय सरकार संग समन्वय नगरेको र सो राहत बितरनमा क्वारेण्टाइनमा बस्नुपर्ने मान्छे समेत प्रयोग गरिएको आरोप लगाउदै कारवाहीको लागी गार्मा गाउपालिकाले चैत्र २० गते जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी दिएको थियो । तर दार्मा गाउपालिकाले चैत्र ५ गते विदेश बाट आएका र क्वारेण्टाइनमा बस्नुपर्ने भनिएका महेश हमालले आफु फागुन २७ गते आएको र स्वास्थ्य परिक्षण सहित १४ दिन क्वारेण्टाइनमा बसेको प्रमाण सार्वजनिक गरिसकेका छन् ।

दार्मा गाउपालिकाको उक्त कदम प्रति नेपाल तरुण दल सल्यान र स्वयम् विशाल सिहले पनि एक बिज्ञप्ति मार्फत आपत्ति जनाइसकेका छन् ।

प्रेस विज्ञप्ति:

यस वीपी विचार राष्ट्रिय समाज सल्यानका सदस्य विशाल सिंह ठकुरीले विश्वभरी फैलिएको कोरानाको महामारीको समयमा समस्या परेका गाउँका विपन्न, गरीब, किसान, श्रमिकहरुलाई आफनो हजुरबुवाको सम्झनामा वितरण गरेको राहत प्रति दार्मा गाउँपालिकाले विरोध गर्दे कारवाहीको माग गरेको घटनाले वीपी विचार राष्ट्रिय समाज सल्यानको गम्भीर ध्यानकर्षण गराएको छ ।

ठकुरीले यो विषम परिस्थितिमा गरेको ठूलो मानवीय सेवा हो । व्यत्तिगत लगानीमा राजनीतिक आस्था, विचार भन्दा पनि मानवीय जीवन रक्षाका लागि गरिएको कार्यमा गाउँपालिकाले कारवाहीको प्रक्रिया चाल्नु दुखद् हो । यस बिषयमा समाजको आपत्ती पनि छ । समाजका जिल्ला सदस्य, नेपाली कांग्रेसका युवानेता विशाल सिंह ठकुरीले दार्मा गाउँपालिकाको वडा नम्बर ५ मा १ सय ७० घरपरिवारलाई आफ्नै ब्यक्तिगत खर्चमा ३ लाख २५ हजार रुपैया भन्दा बढीको राहत सामाग्री वितरण गर्नुले समाजलाई मात्रै हैन पार्टीलाई समेत गौरव गराएको छ ।

यो मानवीय कार्यलाई गलत अर्थ लगाउनु कदाचित राम्रो होइन । विपदमा सहकार्य समन्वय भन्दा ठूलो मानवता हो । मानवता सम्बन्धित थलोमा मात्रै देखिन्छ । स्थानीय सरकारले राजनीतिक विचार र इगोको आधारमा विरोध र कारवाहीको माग गर्नु भन्दा सहयोगि हातहरुलाई सहयोगको वातावरण गराउन समाजको तर्फबाट आग्रह गर्दछौँ । जय नेपाल !

रामचन्द्र केसी
महासचिव
नेत्रलाल ओली
अध्यक्ष
वीपी विचार राष्ट्रिय समाज सल्यान
मिति २०७६चैत २४ गते मंगलवार