May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानको दार्माबाट कोरोना भाइरस संक्रमणको नमूना संकलन गरिदै

सल्यानको दार्माबाट कोरोना भाइरस संक्रमणको नमूना संकलन गरिदै

सल्यानमा कोरोना भाइरस संक्रमणको नमूना संकलन गरिदैछ । सल्यान अस्पतालले जिल्लाका विभिन्न स्थानमा शिविर नै राखेर नमूना संकलन गर्न लागेको हो ।

बुधबार अर्थात भोली विहान १० बजे कोरोना भाइरस संक्रमण नमूना संकलनका लागी दार्मा गाउँपालिकाको केन्द्र फारुलामा संकलन गरिने अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन ।

गाउँपालिकाले चैत्र १ गतेपछि कतार, साउदी, मलेसिया, भारतबाट आएका र लक्षण देखिएकालाइ नमूना संकलनका लागि बोलाएको छ । विहान १० बजे सल्यान अस्पतालका डाक्टर अर्जुन बुढा लगायतको टोलीले नमूना संकलन गर्नेछ ।

त्यस्तै होम क्वारेन्टाइनमा बसेका सबैको अवस्था बाहिरी रूपमा समान्य रहेको गाउँपालिकाले जनाएको छ । गाउपालिकाका ४०४ जना मध्ये २३६ जनाले १४ दिन पुरा गरिसकेको र १६८ जना अझै होम क्वारेन्टाइनमा बसेको जनाइएको हो । अनलाइन तहल्कामा खवर छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज