May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
दार्मा सरकारलाई काङ्ग्रेस युवा नेता सिंहको कडा चेतावनी

दार्मा सरकारलाई काङ्ग्रेस युवा नेता सिंहको कडा चेतावनी

सल्यान : नेपाली कांग्रेस दार्माका युवा नेता विशाल सिंहले केही दिन पहिले आफ्नो परिवारले कोरोना महामारीमा राहत बाँडेको सन्दर्भमा सल्यानको दार्मा गाउँपालिका प्रशासनले कारबाहीको माग गरेको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सोमबार सामाजिक संजाल फेसबुक मार्फत एउटा प्रेस बिज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन।

बिज्ञप्ति मार्फत उनले उक्त राहत सामाग्री बितरन गर्ने बिषयमा राजनीति गर्ने आफु र आफ्नो परिवारको कुनै रहर र आवस्यकता नभएको बताएका छन् । साथै उनले कसैलाई बाधा नगरेर जिल्ला प्रसासन कार्यालय बाट अनुमति लिएर राहत वितरण गर्दा दार्मा गाउँपालिका सरकारलाई किन यत्रो आपत्ति ? किन अपराधी जस्तो कारवाहीको माग गरेको ? भन्दै प्रश्न  गरेका छन।

राहत बितरन गर्दा गाउपालिकाले कारवाहीको माग गरेपछि जनसमक्ष केहि कुरा भन्ने पर्ने भयो भन्दै बिज्ञप्ति मार्फत उनले केहि गम्भीर सवालहरु पनि उठाएका छन् । उनले भनेका छन् – ” एउटा लाशमाथी राजनीति गरेर यत्रो स्थानीय सरकार टिकाउनु पर्ने बाध्यता दार्मा सरकारलाई किन आइपर्यो ? दशौँ वर्षसम्म जननिर्वाचित जनप्रतिनिधि भएर सेवा गरेका हाम्रा बुवा/जिजुबुवा स्व•भेदबहादुर सिंह आजिवन निंस्कलकिंत भएको इतिहास सामु आजका तपाई दार्माका जनप्रतिनिधिहरु अढाई वर्षमै डुङडुङ्ती गन्हाउने भैसकेको लज्जाबोध र कुण्ठा त होइन ?

साथै उनले भनेका छन् – ” जसले राजनीतिको नाममा हिजोका दिनमा हत्याहिंसा र दमनको राजनीति गरेर हाम्रा अग्रज नेता कार्यकर्तालाई ४/५ हजार भ्रष्टाचारको आरोप लगाउँदै गाउँगाउँबाट लखेटे । जसले हिजोको आफ्नो कालो राजनीतिलाई ढाकछोप गर्न आज अनेक तिकडम गरिरहेका छन्, उनै भ्रष्ट वादशाहहरुले आज रातारात महल ठड्याइरहेका छन् । जसले जनताको नाममा आएको करोडौं रकम सडक खन्ने नाममा रातारात डोजरका मालिक बने, कृषकको नाममा आएको लाखौं रकम चल्ला पाल्ने / टमाटर,प्याज र च्याउ खेतीको नाममा आफ्नै भाइभारदारलाई पोसिरहेका छन् । युवा रोजगारका नाममा आएको लाखौं रकम कमिशन , नास्तापानी खाइरहेका छन् । आज दर्माली आम जनता (गरिब, महिला, दलित) को जीवनस्तर जहाँको त्यहीँ छ । तर उनकै भोट पाएर आज तपाईंहरुको जीवजस्तर कहाँ छ ? एकपटक आफैलाई हेर्न, बुझ्ने, प्रश्न गर्ने हिम्मत देखाउन सकिन्छ ? यो दार्मा सरकारका नाङ्गा बादशाहहरुलाई वर्तमानले जिस्काइरहेको सोधिरहेको प्रश्न हो ।”

साथै उनले दार्मा सरकारको विज्ञप्तिमा आफु लगायत अन्य दर्जनौंका नाममा विभिन्न आरोप लगाउनु निच राजनीतिक पूर्वाग्रह भएको उल्लेख गरेका छन् । उनले भनेका छन् – ” त्यो विज्ञप्तिमा भने जसरी महेश हमाल चैत ५ मा आएका होइनन् । उनी फागुन २७ (मार्च १०) मा आएका हुन् । ती सबै कपोकल्पित आरोपमा कुनै सत्यता नभएको र जिल्ला प्रशासन कार्यालय सल्यानबाट अनुमति लिई गरेको त्यो कार्यप्रति दार्मा सरकारको बकम्फुसे आरोपलाई यसै विज्ञप्ति मार्फत खारेज गर्न चाहन्छु ।”

साथै उनले आफुहरुलाई कारवाहीको धम्की दिनु भन्दा आफ्नै नाबालक छोराछोरीले कानुनु विपरीत गरेको गल्तीमा उचित शिक्षादीक्षा दिन सुझाएका छन् तर के गल्ति गरेका हुन बारे उनले कुनै उल्लेख गरेका छैनन् । अन्तमा चेतावनी दिदै उनले भनेका छन् -” यो कहालीलाग्दो अवस्थामा आफ्ना जनतालाई पारदर्शी सेवा गर्नुको बदला हामी जस्ता सर्वसाधारणले योबेला गरेकोे सामान्य कार्यमा धन्यवाद भन्नुको साटो कार्वाहीको माग राख्ने दार्माका नांगा वादशाहहरुलाई यो घृणित कार्य तुरुन्त सच्याउन अनुरोध गर्दछु । र चेतावनी पनि दिन चाहन्छु कि कसले सही गरेको छ कसले गलत त्यो समय,इतिहास र जनताले उचित फैसला गर्नेछन् । यस घटनाबाट अझै जनताको पक्षमा काम गर्ने प्रेरणा/शिक्षा मिलेको छ । हाम्रा पुर्खाले समाजको साँचो सेवा गर्न सिकाएका छन् । सत्ता र सरकारको तागतमा अहंकार प्रदर्शन गर्ने र भ्रष्ट, अनैतिक र पाखण्डीपूर्ण व्यवहार गर्ने नयाँ वादशाहहरुलाई इश्वरले सदवुद्धि दिउन् । ”

विशाल सिंह नेपाल तरुण दल दार्माका सल्लाहकार र बिपी बिचार रास्ट्रीय समाज सल्यानका सदस्य हुन् । चैत्र १६ गते उनी र उनको परिवारले स्व•भेदबहादुर सिंहको चौथो स्मृति दिवसमा कोरोना महामारी लकडाउन बाट प्रभावित दार्मा ५ का १५० घर गरिव बिपन्न परिवारलाई खाद्यान्न लगाएतको राहत सामाग्री वितरण गरेका थिए । उक्त बिषयलाई लिएर सल्यानको दार्मा गाउँपालिकाले स्थानीय तहको सिफारिस र समन्वय विना राहत वितरण गरेको भन्दै प्रशासन गुहारेको थियो । राहत सामाग्री वितरण गर्दा सम्बन्धित तहको सिफारिसमा मात्र वितरण गर्न मन्त्री परिषदले निर्णय गरी सक्दा पनि स्थानीय तहसँग समन्वय नगरिएको भन्दै दार्मा गाउपालिकाले जिल्ला प्रशासन कार्यालय सल्यानलाई स्पष्टिकरण लिई कारवाहीको माग गर्दै निवेदनमा दिएको थियो । गाउँपालिकाको बिज्ञप्तिमा क्वारेन्टायनमा बस्नुपर्ने व्यक्ति समेत राहत वितरणमा परिचालन गरेको उल्लेख गरिएको थियो ।

दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्ती नै यसरी डुल्दा त्यसबाट अरुमा सरेर महामारी फैलिए जिम्मेवारी को हुन्छ भन्दै प्रशासनलाइ स्पष्टिकरण लिइ कार्वाहिका लागि निवेदन दिएको बताएका थिए । उनले गाउमा सोध्दा प्रशासनबाट सिफारिस लिएको भनिएपनि सिफारिस नदेखाएको आरोप लगाएका छन ।

यता प्रमुख जिल्ला अधिकारीले शिवराम पोख्रेलले रेडीयो तहल्काको कार्यक्रम आजको बहसमा बोल्दै राहत वितरणको काम जुन ठाउमा गरिने हो त्यहाँको सरकारको माताहतमा गरिने बताएका छन् । उनले कसैले राहत वितरण गर्न चाहेमा सम्बन्धित सरकार मार्फत जानुपर्ने र त्यस्ता दाताहरुलाइ सरकारले पनि संगसंगै लिनुपर्ने बताए । उनले भने -“प्रशासनले सिफारिस गर्दैन र गरेको छैन । समन्वय गर्ने हो, सुरक्षा दिने हो । कसैले राहतका नाममा वदमासी गरेमा हाम्रो प्रहरी छ त्यहिबाट हुन्छ।” साथै उनले राहत वितरणका लागि प्रशासनको कुनैपनि अनुमती नचाहिने भन्दै स्थानिय तहसम्म भएका सरकार मार्फत एकद्वार प्रणालीबाट राहत वितरण हुने जानकारी दिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज