जनसेनाका पुर्ब ब्रिगेड कमान्डर मार्शलको विप्लवलाई मार्मिक पत्र- “हामी जीवित ला’स बन्ने कहिले सम्म?”
कमरेड विप्लव
नमस्कार । लाल सलाम गर्ने हैसियत अहिले म सित छैन ।
जहाँ रहनुस, मानसिक र शारिरिक दुबै हिसावले सकुसल हुनुहुनेछ , कामना र बिश्वास । जीवित रहँदा रहदै पनि पल पल मरीरहनु पर्ने यो कायरतापुर्ण जीवनका वस्तविकता बिचबाट जीवित लाशको दुई शब्द । तपाई सम्म मेरो यी सन्देशहरु अबश्य आइपुग्नेछन , म बिश्वसत छु ।
कमरेड ! बहादुरीतापुर्वक मृत्युलाई लल्कार्दै बाँच्नु र शिर झुकाएर बाँच्नु बिचको अन्तरलाई भोग्ने सौभाग्य या दुर्भाग्या मिल्यो । जीवन जीउनुका यी दुई बाटोमा पहिलो बाटो नै सही । तर काँहावाट ? कसरी ? फेरी के हुन्छ ? यी यस्तै प्रश्नहरुको गोलचक्र बिचमा उभिएकोछु ।
कमरेड! आज निस्वार्थ प्रेम गर्नेहरु पाश्विक ढङगले मारिन्छन । निर्मम्तापुर्वक श्रीमतीको हत्या गर्नेहरु उन्मुक्ति पाँउछन । गैँडा मार्ने तस्करहरु तारे होतेलहरुमा शाषकहरु सित लन्च र डिनर गरीरहँदा प्राण धन्न जँगल पसेको चेपाङ मारिन्छ । दशगजामा टाउको फुटाउने मधेशीहरु धोती र भारतिय एजेन्ट भनेर अपहेलित छन । देशको भुभाग बेचेर सत्ता र सम्पति आर्जन गर्नेहरु राता रात राष्ट्रवादी भएकाछन ।
कमरेड ! आँखै आगाडीका यी दृश्यहरु तर चुपचाप शालिक झैँ बस्नु पर्ने म । के म चेतनशील प्राणी हुँ ? के जिउनु को अर्थ यही हो ? बडेमाको घनले टाउकोमा हिर्काए झैँ ठोकिरहन्छन यी प्रशनहरु ।
कमरेड ! यी मेरो जिज्ञासा र छटपटीवाटै छिट्टै मुक्त हुनेछु भन्ने बिश्वासका साथ बिदा । तपाइले जाने बुझेको- मार्शल ।
नोट: जनमुक्ति सेना नेपाल का पुर्ब ब्रिगेड कमान्डर जितमान पुन मगर “मार्शल” ले बिद्रोही नेकपाका महासचिब नेत्र बिक्रम चन्द विप्लवलाई सामाजिक संजालमा लेखेको खुल्ला पत्र सान्दर्भिक ठानेर हामीले प्रकाशित गरेका हौँ ।- सम्पादक ।
प्रतिकृया दिनुहोस्