सर्वोच्च अदालतले पूर्व एमाले ब्युँताई दिएपछी सल्यानमा खुसियाली
फागुन २३, सल्यान । सर्वोच्च अदालतले पूर्व एमाले ब्युँताई दिएपछी सल्यानमा केपि ओली समुहका नेता कार्यकर्ताहरूले खुसियाली मनाएका छन ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकताबाट घाेषणा गरिएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाइ आज सर्वाेच्च अदालतले खारेज गरिदिए पछि खुसियालीमा उनीहरुले सल्यानमा दिप प्रज्वलन गरेका हुन ।
सर्वाेच्चले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि सल्यानमा केपी ओली समुहले दिप प्रज्वलन गरेकाे हाे । उनिहरूले “नेकपा एमाले जिन्दावाद” लेखेर सल्यानकाे सदरमुकाख खलंगामा आज साँझ दिप प्रज्वलन गरेका हुन ।
नेकपा केपी ओली समुहकाे भातृसंगठन अनेरास्वयूकाे आयाेजना भएकाे दिप प्रज्वलनमा केपी समुहका केन्द्रीय सदस्य लाेक बहादुर डाँगी, जिल्ला सदस्य मनाेज सिंह, अनेरास्वयूका जिल्ला सहसंयाेजक पुस्कर विक लगाएतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिकृया दिनुहोस्