सल्यानमा ६५ बर्ष माथिका वृद्धवृद्धालाई भोलीदेखि कोभिड १९ विरुद्धको खोप लगाईने
फागुन २२, सल्यान । सल्यानमा ६५ बर्ष माथिका वृद्धवुद्धालाई भोली देखि कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ । भोली फागुन २३ गते देखी जिल्लाका ५ वटा गाउँपालिका तथा नगरपालिकामा खोप सुरु गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका सल्यानले जनाएको छ ।
कोभिड १९ विरुद्धको खोप अभियान बारे आज जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मिहरु सँगको अभिमुखिकरण कार्यक्रममा भोलि देखी लगाईने खोपको सम्पूर्ण तयारी पुरा भैसकेको र खोप सम्बन्धित स्वास्थ्य चौकीमा पुगिसकेको जानकारी दिइएको हो ।
नेपाल सरकारकाे खाेप अभियान अन्तरगत याे खाेप तेस्राे चरणकाे हाे । तेस्राे चरणकाे उक्त खाेप सल्यानमा पहिलाे चरणमा शारदा नगरपालिका, कपुरकाेट, त्रिवेणी, छत्रेश्वरी र कालिमाटी गाउँपालिकामा लगाइने कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्यसपछि अन्य ५ पालिकामा तेस्राे चरणकाे खाेप फागुन २७ गते देखी चैत १ गते सम्म संचालन गरिनेछ ।
२०६८ सालको जनगणना अनुसार जिल्लाभरमा ६५ वर्ष उमेर समुह माथिका १६ हजार २ सय ५ जना नागरिक भएपनि झण्डै १३ हजार नागरिकलाई मात्रै पुग्ने खोप भएकाेले अहिले त्यतिलाइ मात्रै लगाइने उनले बताए । उनकाअनुसार हाल जिल्लामा १२ हजार ५ सय भाइल खोप आएको छ भने यस अघिको ८ सय ८४ भाइल खोप बचत रहेको थियो ।
पहिलो चरणमा खोप अभियान सञ्चालन हुने पाँच स्थानिय तहमा ३० वटा खोप कन्द्र तोकिएको छ । जसका लागि खोप सुपरिवेक्षक र खोपकर्ताहरुलाई खोप सम्बन्धी तालिम दिईसकिएको छ । एउटा खोपकेन्द्रमा एक स्वाथ्यकर्मी सहित ३ जना स्वयंसेवक रहने व्यबस्था गरिएको छ ।
कोरोना भाइरस बिरुद्धको खोप लगाइ सकेपछि स्वास्थ्यमा सामान्य असर देखिदैँमा आत्तिन नहुने भन्दै जिल्ला अस्पतालका डा. भिमकान्त जैसीले ढुक्क भएर खोप लगाउन सुझाव दिएका छन् ।
नेपाल सरकारकाे पहिलाे चरणकाे खाेप अभियान अन्तरगत हालसम्म सल्यान जिल्लामा पहिलो चरणमा १ हजार २ जनाले र दाेस्राे चरणमा १५ सय १४ जनाले गरी २ हजार ५ सय १६ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाइसकेका छन् । तेस्रो चरणमा करिब १३ हजार जनालाई खोप दिइने लक्ष्य राखिएको छ ।
भोली देखि जिल्लाका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कालिमाटी गाउँपालिका र कपुरकोट गाउँपालिकामा ६५ बर्ष माथिका वृद्धवुद्धालाई भोली देखि कोभिड १९ विरुद्धको खोप लगाईने छ ।
file photo
प्रतिकृया दिनुहोस्