सल्यानको रेडियो शारदा एफएम १३ औ बर्षमा प्रवेश ‘दिगो बिकासमा रेडियोको भुमिकाबारे छलफल’
साबित्रा बस्नेत / फागुन १२, सल्यान । ग्रामिण विकास सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो शारदा एफ.एम ९९ थोप्लो २ मेगार्हजले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रेडियोले दिगो बिकासमा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर मनाएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियोले ग्रामिण स्तरका समुदाय तथा आवाज विहिनहरुको आवाजलाई बाहीर ल्याउनमा रेडियोको भुमीका महत्वपुर्ण रहेको बताएका छन । समाजका पछाडी परेका समुदायको आवाजलाइ बुलुन्द गर्नको लागी रेडियोले न्यायको पक्षमा काम गरिरहेको उनिहरूले बताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टले नागरिक र राज्य विचको पुलको रुपमा सामुदायिक रेडियोले भूमिका खेल्दै आएको वताउनु भयो । रेडियोको सहज पहुँच समुदायमा भएकाले जीवन उपयोगी रुचिकर विषयमा उत्पादन र प्रशारणमा ध्यान दिनु पर्ने बताउनु भयो । राज्यको पुर्नसंरचना संगै तिन तहका सरकार वने पनि आवश्यक समन्वय सहकार्य हुन नसकको र मिडियामैत्री हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले स्थानीय स्तरमै सरकार आएपनि सञ्चार माध्यामको दिगो विकास र सवलीकरण गर्न नसकिएको बताउनु भयो । सिमित श्रोत र साधनको विचमा जिल्लामा सञ्चालित रेडियोले खेलेको भूमिका प्रसंसा गर्न लायक रहेको बताउनु भयो ।
सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष रमेश गौतमले ग्रामिण क्षेत्रमा मात्र नभउर शहरमा पनि सामुदायिक रेडियोको महत्वपुर्ण भूमिका रहेको वताउनुभयो । जिल्लाको विकासका लागि सरकार र अन्य निकाय संग सहकार्य गरेर सल्यानका सञ्चार माध्यमले काम गरिरहेकाले स्थानीय सरकारले सञ्चार माध्याममा विकासमा साझेदारी गर्नु पर्ने वताउनुभयो ।
यस्तै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियोले दुरदराजका कुरालाई बाहिर ल्याउन सहयोग पु¥याएको बताउनु भयो । सरकारले गरेका काम कारवाहीलाई मिडियाले बढि ध्यान दिनुपर्ने र समाजमा लुकेर रहेका विषयलाई उठान गर्नु पर्ने बताउनु भयो ।
यसैबिच वार्षिककोत्सवको अवसरमा रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारी, उत्कृष्ट समाचारदाता र पूर्व कर्मचारी पत्रकारहरुलाई सम्मान गरिएको छ ।
रेडियोका स्टेशन म्यानेजर प्रतिक ईच्छुक शर्माको अध्यक्षमा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक गोविन्द थापा, डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरी, निवार्चन अधिकारी मधुकर शाह, शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशब सिंह श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
२०६५ साल फागुन १२ गते बाट प्रशारणमा आएको रेडियो शारदाले नागरिकहरुका आवाज बिहिनका आवाजहरुलाई समेटनुका साथै सत्य तथ्य सुचना र समाचारलाई प्रशारण गर्दै आएको रेडियोका स्टेशन म्यानेजर शर्माले बताउनु भयो । गोपाल शर्माको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा सञ्चालन सरिता चलाउने गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्