September 26, 2026, Saturday
२०८३ आश्विन ११, आईतवार
चितुवाको छाला सहित सल्यानका ३ जना बाँके बाट पक्राउ

चितुवाको छाला सहित सल्यानका ३ जना बाँके बाट पक्राउ

फागुन १०, सल्यान । चितुवाको छाला सहित सल्यानका ३ जना पक्राउ परेका छन । बाकेको कुसुममा २ थान चितुवाको छाला सहित उनिहरु पक्राउ परेका हुन।

आइतबार बेलुकी राप्ती सोनारी गाउँपालिका- १ कुसुममा सल्यान बागचौर नगरपालिका ३ चोरपानीका जित बहादुर डिसि, कुमाख गाउँपालिका ७ जिमालीका कमल डिसि र मर्मपरिकाडाका हिमेन्द्र ओलि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ। पक्राउ परेका हिमेन्द्र ओलि हेल्थ असिस्टेन्ट रहेको प्रहरिले बताएको छ।

चितुवाको छालाको ओसारपसार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले उनिहरुलाई नियन्त्रणमा लगि खानतलासी गर्दा जित बहादुर डिसिले बोकेको झोलाभित्र २ थान चितुवाको छाला फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका तिनैजनाको अनुसन्धान सुरु भएको बताएको छ।