नेकपा ‘प्रचण्ड- माधब’ समुहको सल्यान अध्यक्षमा धिरेन्द्र श्रेष्ठ, सचीवमा कर्णबहादुर
फागुन १०, सल्यान । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले सल्यान सहित ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। उक्त पक्षले सोमबार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो।
सोही क्रममा नेकपा ‘प्रचण्ड- माधब’ समुहको सल्यान अध्यक्षमा धिरेन्द्र श्रेष्ठ चयन भएका छन । सल्यानमा यस भन्दा पहिलाका अध्यक्ष गोबिन्द पुन केपि ओली समूह तर्फ लागेपछि उनको सट्टामा पूर्व एमाले बाटै अध्यक्ष चयन गरिएको हो । श्रेष्ठ पूर्व एमाले नेता हुन भने सचीवमा पूर्व माओवादी केन्द्रबाट चयन भएका कर्णबहादुर बुढाथोकीलाई नै निरन्तरता दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।
प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।
पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ।
त्यस्तै सो समुहको काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्।
गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।
हेर्नुस् सूची :
प्रतिकृया दिनुहोस्