March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानी गायक डाँगी द्वारा देशप्रेमले ओतप्रोत नयाँ गित सार्वजनिक ( भिडियो सहित )

सल्यानी गायक डाँगी द्वारा देशप्रेमले ओतप्रोत नयाँ गित सार्वजनिक ( भिडियो सहित )

माघ २८,सल्यान । सल्यानी गायक शेर बहादुर डाँगीको नयाँ गीत सार्वजनिक भएको छ । राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय जय विर नेपाली’ बोलको गीत बुधबार मालारानी युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गायक डाँगीको सुमधुर स्वरबाट सजिएको गीत राष्ट्रियता प्रति समर्पित रहेको छ । गीतको शब्द, संगीत आफ्नै रहेको म्युजिक भिडियोमा पनि डाँगी आफैले फिचरिङ गरेका छन् ।

गीतको एरेन्ज सन्जय सिर्पालले गरको छन भने निर्देनशन दिलिप रेग्मीले गरेका छन् । भिडियोको सम्पादन रोशन धितालले गरेका छन् ।

देश दुखेका बेला नेपाली मन मनको भावना जगाउनका लागि भिडियो बाहिर ल्याएको उनको भनाई छ । गितमा डाँगीले देशका विभिन्न जातजाति र समुदायको आपसी एकता र सद्भावले समृद्धि हासिल गर्न सकिने र स्वाभिमानको रक्षा गर्न सकिने सन्देश दिएका छ्न । डाँगी गायन सँगै शिक्षण पेसामा पनि आवद्ध छन ।

हेर्नुहोस, भिडियो :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज