March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
युवा पुस्ताले हस्तक्षेप नगरे मुसरफहरु जन्मिनेछन

युवा पुस्ताले हस्तक्षेप नगरे मुसरफहरु जन्मिनेछन

प्रसंग अध्यादेशको। बिरालोलाई जती सुकै ठुलो सिंहासनमा राखे पनि दुध पाए चोरेरै छोड्छ । बिरालोको दुध चोर्ने प्रबृतिलाई हामी प्रश्न गर्छौ – ‘यति सम्मानित ठाउमा राखेको बिरालोले किन चोर्ने ?’ तर मुर्ख सिंहासनमा राख्ने मान्छे हो कि दुध चोर्ने बिरालो ? खासमा बिरालोलाई त्यो संहासनको केहि महत्व नै हुँदैन ।

त्यस्तै नेपालमा आज भोली अध्यादेशको बारेमा ठुलो चर्चा छ । कोही भन्छ ठिक । कोही भन्छ गलत । म भन्छु – प्रधानमन्त्री केपि शर्मा ओलीले ठिक गरे किनकी उनले जिबनभरि सिकेको ज्ञान भनेको नै यस्तै उल्फट्याङ्ग त होनी। कुनै बेला समयमा उनका उल्फट्याङ्ग कामलाई राष्ट्रबादिको जलप लेपियो। अहिले यो महामारिको बेला आफुले जानेको ब्रह्मास्त्र अध्यादेश मार्फत हाने । जो सङ्ग जे छ त्यही गर्ने त होनी । हासो लाग्ने कुरा त विश्व साम्राज्यबाद सङ्ग लड्ने महान क्रान्तिकारी पुर्ब माओबादी मित्रहरु सबै ओलीलाई पुगेनन।

उनिहरु अहिले न बिरोध गर्न सक्छन न समर्थन किनकी ओली सङ्गको सहमती विशुद्ध स्वार्थ केन्द्रीत थियो र केहि बोले खतम। आफैले समर्थन गरेको सरकार आफ्नै घाटी निमोठ्दा आफुलाई क्रान्ती नायक भन्न रुचाउने प्रचण्ड आज भोली केहि सोच्दै होलान कि बिहान ननभेज र साझ भेज व्यवस्थापन गर्दै होलान ? यो गम्भिर प्रश्न छ ।

नेपाली समाजले बहुलबाद बुझेको छैन यसमा म सयौं तर्क पेस गर्न सक्छु । बुद्धिजिबिहरु देश र समाजलाई चेतनसिल बनाउने भन्दा पनि आफ्नो पकेट के गर्दा सिल गर्न सकिन्छ त्यता केन्द्रीत हुँदा समाज पछी पर्दैछ । यहाँ एउटा चिज मात्र अन्धबिस्वास गर्ने हाम्रो समाज छ । राज संस्थाबाट गणतन्त्रमा धकेल्न धेरै समय खर्चियौं। अहिले दलतन्त्र हाबी छ । यस्ले न्याय , अन्याय छुट्याउने आँखामा कालो पट्टी बाधेको छ ।

हामी एउटालाई कुनै बेला देबत्वकारण गर्न पनि पछी नपर्ने र फेरी राक्षसिकरण गर्न पनी पछी नपर्ने समाजले कस्तो नेता निर्माण गर्छौं भन्ने कुरा प्रष्ट छ । राजनिती गर्ने राजनितिज्ञ , वकिल पनि हुने।डाक्टर पनि हुने। पत्रकार पनि हुने। किसान पनि हुने र समग्रमा कुनै पनि क्षेत्रमा अल्पज्ञानी जोकर हुने अनि त्यही जोकरका जोक सुनेर मख्ख जनताले त्यही पात्रबाट हरेक समस्या समाधानको आशा गर्ने , आसा पुरा नहुने र निरास हुने फेरी गालीगलोज गर्ने र अर्को त्यस्तै जोकरको पिछा गर्ने प्रबृति हाबी छ ।

बहुलबादलाई मैले राजनैतिक भाषा प्रयोग गर्न चाहन्न किनकी फेरी केहि साथिहरु आफुलाई महान सैद्धान्तिक बुझ्लान । मैले भनेको बहुलबाद भनेको बहुअस्थित्वको स्विकार जहाँ अहिले माहामारी छ यो बेला डाक्टरहरु देशको प्रमुख भूमिकामा देखिउन । जुन बेला भोकमारी आउछ त्यो बेला किसान प्रमुख भूमिकामा आउन । जुन बेला बैदेशिक हस्तक्षेप हुन्छ त्यो बेला सैनिक प्रमुख भूमिकामा आउन । जुन बेला शैक्षिक सवाल उठ्छ त्यो बेला शिक्षक प्रमुख भूमिकामा देखिउन तर यि सबै आज आदेश पालक मात्र हुने व्यवस्थाले कसरी अघी पुगिएला ?

अन्त्यमा आज आबस्यकता एउटा पुर्ती अर्को, समस्या एउटा समाधान अर्को भएर अन्योलग्रस्त कुहिरोको काग बनेको नेपाली समाजले सही दृष्टिकोण पाउनु पर्छ । नयाँ पुस्ता हस्तक्षेपकारी भूमिकामा नदेखिने हो भने प्रवेश मुसरफ जन्मन सक्नेछन । लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र हो । उन्नत लोकतन्त्र भनेको व्यवस्थित राज्य प्रणाली जहाँ बिज्ञ आदेश पालक नभएर निती निर्माणमा हुन्छन । न्याय र अन्यायको पट्टी हट्छ। भ्रष्टाचार नियन्त्रण हुनेछ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज