कोरोना भाइरस बारे कविता: हेर्यो नै भने आकासै बाट संसारै बन्द छ, नहिड बाहिर नगर भिड यसले भन्दछ।
उत्पत्ति भा’को धर्ती पहिले वुहान शहर हो ।
कोरोना भाइरस भनेर नाम त्यसपछी ठहर भो ।
जाहज चडी संसार हिड्यो मानिस आहार ।
छिरेर भित्र नाक र मुख फोक्सोमा प्र’हार ।
निरिह बन्यो मानब चोला दुश्मनको सरन ।
उठाइ लाग्यो लाखौको यहाँ अकाल मै प्राण ।
भनेन यस्ले धनी र गरीब उर्लेको भेल यो ।
न भेट हुने न लास देख्ने यो कस्तो खेल हो ?
हेर्यो नै भने आकासै बाट संसारै बन्द छ ।
नहिड बाहिर, नगर भिड यसले भन्दछ ।
स्कुल कलेज बन्द छन यहाँ भविष्य अन्धकार ।
ती साना नानी के गर्लान अब बाँकी यो संसार ।
भावना साट्ने मानव चोला विवस भै टाढा छ ।
नजिक आंंउ त कोरोना फेरी बिझाउने काँडा छ ।
आशा त लाग्छ धर्तिले छिट्टै फेर्नेछ मुहार ।
विवस भई इश्वरले पनि सुन्नेछन पुकार ।
धर्ती नै भरि देखिन्छन आज मानवका चि’हान ।
यो काल रात्री कटाइ एक दिन आउनेछ बिहान ।
२०७७–४ –३० थारमारे सल्यान
प्रतिकृया दिनुहोस्