भरतमणी–शारदा साहित्य पुरस्कार सल्यानका शेरबहादुर डाँगीलाई
बलबहादुर वली
नयाँ दृष्टि डटकम
दाङ – लेखक संघ दाङले प्रजातन्त्र दिवसको अवसरमा बुधबार १५ जना साहित्यकर्मीलाई सम्मान गरेको छ । प्रजातन्त्र दिवसको अबसर पारेर हरेक वर्ष विविध कार्यक्रम गरी साहित्य क्षेत्रमा लागेका साहित्यकर्मीलाई विभिन्न विधामा पुरस्कार वितरण गर्ने गरेको लेखक संघ दाङले जनाएको छ ।
यस वर्ष साहित्य क्षेत्रमा निरन्तर लागेको भन्दै संघले डा.नवराज लम्साल, डा.होमलाल पन्थी, प्राध्यापक थानेश्वर गौतम, डा.सरस्वती पोख्रेल, निलम कार्की, सरद रेग्मी, गायत्री घर्ती मगर, अर्चितबाबु मर्सिफूल, विक्रान्त ज्ञवाली, विपि सेढायी, सुशिल गौतम लगायतलाई सम्मान गरेको छ ।
साहित्य पुरस्कार वितरण कार्यक्रममा सल्यानमा रहेर पनि साहित्य र संगीतमा निरन्तर लागेको भन्दै लेखक संघ दाङले यस वर्षको भरतमणी–शारदा साहित्य पुरस्कार सल्यानका शेरबहादुर डाँगीलाई प्रदान गरेको छ । डांगी पछिल्लो समय साहित्य संगै आधुनिक गायन,संगीत र अध्यापन कार्यमा निरन्तर सक्रिय छन् ।
#पुरस्कार #शेरबहादुर डाँगी


























प्रतिकृया दिनुहोस्