संसद एमसीसीको पक्षमा उभियो भने सडक अराजक हुनेछ
वैदेशिक सहयोगको रुपमा आउने जुनसुकै सहयोग होस त्यसलाई स्वागत गर्न सकिन्छ । तर यहाँ गम्भिर शंका कहाँनेर उठ्यो भने उक्त सहयोग कार्यन्वयन गर्दा नेपालको संविधान संशोधन गर्नुपर्ने र बिदेशी संविधान लागु गर्नुपर्ने, एउटा सहयोगको लागी स्वाभिमानी देश यसरी लम्पसार पर्नु लज्जास्पद कुरा हो ।
अर्को कुरा MCC को ओकालत गर्ने पात्र महाकाली जस्तो राष्ट्रघाती सम्झौता गर्न मतियार बनेका पात्र हुन । महाकाली सन्धी रास्ट्रघाती रहेछ यो सन्धी गर्दा देशले नोक्सान बेहोर्नु पर्यो भन्ने कुरा आम नेपाली जनमानसमा हुँदा पनि त्यही सन्धिका मतियार राजनिती र शक्तिमा रहेर रजाइ गरिरहे। यो राजनीतिको दुखद पक्ष हो । यहाँ सत्य मर्ने र झुट फैलिनाले सतिले सरापेको देश भने झै छ ।
आज देश पुर्ण रुपले बन्धक अवस्थामा छ। विश्व स्वाथ्य संगठनले विश्व महामारी घोषणा गरेको कोरोनाको सङ्क्रमण दिन दुइ गुना र रात चौगुणाले बढेको छ। मझौला ब्यापारी टाट पल्टिसके , जनताले भोक सोक भ्रस्टाचार बाट पिडित हुँदै छन ।
बेरोजगारी समस्याले यहाँ दिनौ आत्माहत्याको तथ्यांक बढ्दैछ। तर यो देशको प्रमुख पार्टीका नेता हु भन्नेहरु बिदेशीले बजाको बाजाको तालमा नाचेर यो जुनि काट्दै छन । तीनका अल्पज्ञानी भजन मन्डलीहरु सत्यलाई असत्यले ढाकेर भ्रम सिर्जना गरेर फाइदा उठाइ रहेछन।
यहाँ हुनुपर्ने बहस हुँदैन, देखिनुपर्ने समस्या देखिदैन , सोधिनुपर्ने प्रश्न सोधिदैन, आउनुपर्ने उत्तर पनि आउँदैन । केहि उत्ताउला कुरामा ताली ठोक्ने देसकै सम्मानित स्थानमा बिराजमान माननीयहरुको अल्प विवेकी संस्कार देख्दा यहाँ लेख्ने हातहरु र देख्ने आँखाहरु पनि ब्यर्थ लाग्छ ।
एमसिसि संसदले यदी पारित गर्योय भने बर्तमान ने क पा लाई महाकाली सन्धी पश्चातको पुर्ब एमालेको हालतमा पुर्याउनेछ । किनकी ने क पा नेता भिम रावलले जनतामा एम सि सि बिरुद्द जुन प्रकारको विश्लेषण छोड्नु भएकोछ यसको सैद्धान्तिक र ब्यबहारिक खन्डन कसैले गर्न सकेको छैन ।
संसदमा बहस हुने र सत्यको पक्षमा उभिने संसदिय प्रणालीको विरुद्ध आफुसंग प्राप्त संसद्को घमन्डले यदी देस बिरुद्द सङ्सद उभियो भने सडक अराजक हुनेछ । जसरी पनि पारित गर्ने, भन्ने भित्रको नियत के हो ?
देशलाई पैसाको कमी भयो भने त्यो एम सि सि भन्दा बढी Ncell बाट राज्यले कर उठाउने पैसा धेरै छ । त्यसैले यहाँ कमिसनको खेल देखिन्छ । MCC रोक्ने अधिकार र जिम्मेवारी अहिले सभामुखको हातमा छ देसको लागी हिरो हुने वा जिरो हुने सभामुख महोदयको स्वबिबेक हुने छ ।
बिबादित हुँदा हुँदै पनि यो सम्झौता पारित भयो भने पनि आफ्नो उदेश्य अनुसार अघी बढ्न सक्ने छैन ।
#एमसीसी #शेरबहादुर डाँगी
प्रतिकृया दिनुहोस्