विप्लव नेकपा सल्यान द्वारा सांसद बस्नेत लाई खुल्ला पत्र, mcc को पक्षमा मतदान नगर्न सुझाव
सल्यान । विप्लव नेतृत्वको नेकपा सल्यानले सल्यान बाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसद टेकबहादुर बस्नेतलाई अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा मतदान नगर्न सुझाव सहित खुल्ला पत्राचार गरेको छ ।
आइतवार पार्टिको तर्फबाट सेक्रेटरी तुफानले सांसद बस्नेतलाई उक्त पत्राचार गरेका हुन् । पत्रमा राष्ट्रघाती महाकाली सन्धिकर्ता केपि वलि नेतृत्वको सरकारले फेरि राष्ट्रघाति अमेरिकी सहयोग परियोजना mcc लाई संघीय संसदबाट पारित गराउने अन्तिम तयारी गरिरहेको हुँदा जनताको जनप्रतिनिधि तर्फबाट राष्ट्रबादि सल्यानी जनताको भावनाका विरुद्धमा गएर mcc को पक्षमा मतदान नगर्न सुझाव दीइएको छ ।
साथै उक्त परियोजनाको पक्षमा मतदान गरेमा कारवाही गर्न वाध्या हुने बताइएको छ । पत्रमा भनिएको छ – ‘यदि जनताको भावनाको विरुद्धमा गएर एम्सीसीको पक्षमा मतदान गरेमा तपाईंलाई जिल्ला प्रवेशमा रोक लगाउनुका साथै नेपाल कम्युनिस्ट पार्टी सल्यान थप कार्वाही गर्न बाध्य हुनेछ।”
यस्तो छ नेकपाको पत्र:
संघीय सांसद टेकबहादुर बस्नेत ज्यु।
विषय: mcc पत्रचारबारे
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी बिगत लामो समयदेखि राष्ट्रघात,जनघात,भ्रष्टाचारका विरुद्ध अनवरत संघर्ष गर्दै आइरहेको कुरा सबैमा अवगत नै छ।
अहिलेको समसामयिक विषय अमेरिकी परियोजना अन्तर्गत mcc सम्झौताका विरुद्ध निरन्तर संघर्ष गरिरहेका छौ। दलाल भ्रष्ट के पि वलि सरकारले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गर्दै हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएको डेढ बर्ष भयो। यस विषयमा सम्पुर्ण जनसमुदायहरु जानकार नै हुनुहुन्छ।
शासकहरुका लाचारीका कारण सन १८१६ को सुगौली सन्धी देखि नेपालको राष्ट्रियता अत्यन्तै कमजोर बन्दै आइरहेको छ। हाल राष्ट्रघाति महाकाली सन्धिका प्रमुख हस्ताक्षरकर्ता केपि वलि नेतृत्वको सरकारले फेरि राष्ट्रघाति अमेरिकी सहयोग परियोजना mcc लाई संघीय संसदबाट पारित गराउने अन्तिम तयारी गरिरहेको हुँदा तपाई सल्यानी जनताको जनप्रतिनिधि भएकोले राष्ट्रबादि सल्यानी जनताको भावनाका विरुद्धमा गएर mcc को पक्षमा मतदान नगर्न नेपाल कम्युनिस्ट पार्टी सल्यान सुझाव दिन चाहान्छ।
यदि जनताको भावनाको विरुद्धमा गएर एम्सीसीको पक्षमा मतदान गरेमा तपाईंलाई जिल्ला प्रवेशमा रोक लागौनुका साथै नेपाल कम्युनिस्ट पार्टी सल्यान थप कार्वाही गर्न बाध्य हुनेछ।
नेपाल कम्युनिस्ट पार्टी सल्यान
सेक्रेटरी
तुफान
प्रतिकृया दिनुहोस्