September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
प्रगति बचत तथा ऋण सहकारी संस्थालाई कारवाहि गर्ने विप्लव नेकपाको चेतावनी

प्रगति बचत तथा ऋण सहकारी संस्थालाई कारवाहि गर्ने विप्लव नेकपाको चेतावनी

सल्यान। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि सल्यानले सल्यानको बागचौर नगरपालिका वडा नं २ थारमारेमा अवस्थित प्रगति बचत तथा ऋण सहकारी संस्थालाई कारवाहि गर्ने चेतावनी दिएको छ ।

यतिवेला नागरिकहरु कोरोना भाइरस महामारीले रोजगार विहिन भएको, त्रासमा रहेको र जनजिवन कष्टकर भएको वेला उक्त संस्थाले गाउँगाउँमा गएर लेवी संकलन गर्ने र व्याज असुली गर्ने गरेको पाइएकोले कारवाहि गर्ने चेतावनी दिएको हो ।

शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै सेक्रेटरी तुफानले महामारीको समयमा यस्ता कार्य गर्ने अन्य बैंक तथा वित्तिय संस्थालाई पनि गाउँगाउँ बाट लखेट्न र कारवाहिकोलागी पार्टिलाई जानकारी दिन समेत स्थानिय पार्टि कार्यकर्ता लगाएत सबैलाई आग्रह गरेका छन ।