March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
गोरख पुन अपह’रण प्रकरणमा पार्टीको कुनै संलग्नता छैन: नेकपा रुकुम पश्चिम

गोरख पुन अपह’रण प्रकरणमा पार्टीको कुनै संलग्नता छैन: नेकपा रुकुम पश्चिम

साउन १५, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले सिस्ने हिमाल बिल्डस निर्माण कम्पनीमा काम गर्ने सन्देश भनेर चिनिने गोरख पुनको अपह’रण भएको भन्ने घटनामा आफ्नो पार्टीको कुनै पनि सहभागिता र संलग्नता नरहेको बताएको छ ।

बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सेक्रेटरी मन्जीतले उक्त घटनालाई नेपाल कम्युनिस्ट पार्टी सँग जोडेर प्रचारप्रसार गर्न तथा पार्टीको बदनाम गर्न खोजिएको भन्दै पार्टीको बिशेष ध्यानाकर्षण भएको बताएका छन्। साथै घटनाको सत्यतथ्य छानबिन गर्न ,गोरख पुनको अवस्था सार्वजनिक गर्न र दोषिउपर कारबाही गर्न सम्बन्धित निकायलाई उनले अनुरोध गरेका छन ।

उक्त घटनाको पार्टीले समेत छानबिन गरिरहेकोले छिट्टै जनताको माझमा सत्यतथ्य सार्वजनिक गर्ने जनताको जिउ र सम्पत्तिको रक्षार्थ संघर्ष गरिरहेको क्रा’न्तिकारी पार्टीको जनप्रीयता बाट अत्तालिएर पार्टीका विरुद्ध बिना कुनै आधार यस प्रकारका तथ्यहिन, अनर्गल तथा प्रायोजित प्रचार नगर्न समेत उनले चे’तावनी दिएका छन ।

सन्देश भनिने गोरख पुन आठबिसकोट नगरपालिका वडा नं ३ खदी बाट अस्ति (१३ गते राती) अपह’रणमा परेको आशंका गरिएको छ।

प्रेस बिज्ञप्ती:

‌हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी इतिहासले अधुरै छाडेका क्रान्तिका ऐतिहासिक कार्यभारलाई पुर्णता दिन त्याग ,समर्पण र बलिदान गर्दै राष्ट्रिय स्वाधीनता ,पुर्ण शान्ति ,समानता र समृद्धि प्राप्तिको निम्ति बैज्ञानिक समाजवादी राज्य व्यवस्था अपरिहार्य रहेको निष्कर्ष सहित नेपाली बिशेषतामा आधारित, मौलिक , व्यवहारिक ,वस्तुनिष्ठ बैज्ञानिक, समयानुकूल तथा विकसित दुनियाँ सुहाउँदो एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गरि अनवरत रूपमा वर्ग संघर्षको यात्रामा अगाडि बढिरहेको छ।

भने अर्कोतर्फ सामाजिक दलाल फासीवादी केपि(पिकेको अनैतिक गठजोडको भ्र’ष्ट, जनविरोधी तथा पुर्ण असफल सरकार र उनीहरुको पालन पोषण र संरक्षणमा रहेका दलाल, भ्र’ष्ट, तस्कर, माफिया, जनविरोधी, राष्ट्रघातीहरु जनताको परिवर्तनकारी चाहानालाई निस्तेज पार्न र आराम, विलासी र वैभवपुर्ण लुटको जीवनलाई कायमै राख्न क्रा’न्तिकारी पार्टी र पार्टीका नेताकार्यकर्ताहरुको बद्नाम गर्न विभिन्न जालझेल र षड्य’न्त्रका चक्रव्युहहरु रच्दै जनतालाई भ्रमित पार्न खोजिरहेको विषय घाम झैँ छर्लङ्ग छ।

यसै सन्दर्भमा आठबिसकोट नगरपालिका वडा नं ३ खदी बाट सिस्ने हिमाल बिल्डस निर्माण कम्पनीमा काम गर्ने सन्देश भनेर चिनिने गोरख पुनको अपह’रण भएको भन्ने बिषयलाई हाम्रो जनप्रीय पार्टी नेपाल कम्युनिस्ट पार्टी सँग जोडेर प्रचारप्रसार गर्न तथा पार्टीको बदनाम गर्न खोजिएको प्रति हाम्रो पार्टीको बिशेष ध्यानाकर्षण भएको छ ।

र उक्त घटनामा हाम्रो जनप्रीय पार्टीको कुनै पनि सहभागिता र संलग्नता नरहेको आम जनसमुदायलाई यसै बिज्ञप्ती मार्फत स्पष्ट पार्दछौं। साथै सम्बन्धित निकायलाई सत्यतथ्य छानबिन गर्न ,गोरख पुनको अवस्था सार्वजनिक गर्न र दोषिउपर कारबाही गर्न अनुरोध गर्दछौं र हाम्रो पार्टी समेत उक्त घटनाको छानबिन गरिरहेकोले छिट्टै जनताको माझमा सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

जनताको जिउ र सम्पत्तिको रक्षार्थ संघर्ष गरिरहेको क्रान्तिका’री पार्टीको जनप्रीयता बाट अत्तालिएर पार्टीका विरुद्ध बिना कुनै आधार यस प्रकारका तथ्यहिन, अनर्गल तथा प्रायोजित प्रचार नगर्न सरकारी जत्था लाई चेता’वनीपुर्ण अनुरोध गर्दछौं।

युगिन आवश्यकता र जनताको उत्कट अभिलाषाको व्यवस्था बैज्ञानिक समाजवादको यात्रामा अवरोध गर्न हुने सबै षड्य’न्त्रको हिसाबकिताब संघर्षको मैदानमा अनिवार्य हुनेछ ।

मिति : २०७५-०४-१४
‌मन्जित
सेक्रेटरी

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज