सल्यानमा विप्लवका युवा संगठन उपाध्यक्ष द्वारा पार्टी परित्याग
साउन २०, सल्यान । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानका युवा संगठनका उपाध्यक्ष डम्मर बहादुर चलाउनेले पार्टी परित्याग गरेका छन ।
मंगलबार एक प्रेस बिज्ञप्ती जारी गर्दै चलाउनेले पार्टी परित्याग गरेको जानकारी गराएका हुन ।
घरायसी र पारिवारिक कारणले विगत एक बर्ष देखि पार्टीका कुनै पनी गतिबिधिमा संलग्न नभएको र पार्टीको सम्पर्कमा समेत नरहेको उनले बताएका छन ।
बिज्ञप्तीमा आजैका मिति बाट पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेर स्वतन्त्र नागरिकको रुपमा जिवनयापन गर्ने उनले घोषण छन ।
यस्तो छ प्रेस विज्ञप्ती:
बिषय: पार्टी परित्याग गरेको सम्बन्धमा
उपरोक्त सम्बन्धमा सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका वडा नं. २ भडारे निवासी म डम्मर बहादुर चलाउने मिति २०७३ साल देखी नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तीकारी) सल्यानमा आवद्ध हुदै २०७६ सालमा सो पार्टिको युवा संगठनको उपाध्यक्ष भएको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा विगत एक बर्षदेखि म आफ्नो घरायसी पारिवारिक समस्याले गर्दा उक्त पार्टीको कुनैपनि गतिबिधिमा संलग्न नभएको र पार्टीको सम्पर्कमा पनि नभएको व्यहोरो जानकारी गराउन चाहान्छु ।
साथै आजैका मिति बाट म उक्त पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेर स्वतन्त्र नागरिकको रुपमा जिवनयापन गर्ने व्यहोरा यसै प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छु ।
डम्मर बहादुर चलाउने
सिद्धकुमाख २ सल्यान
मितिः २०७७-०४-२० गते
प्रतिकृया दिनुहोस्