रूकुम पश्चिममा प्रधानमन्त्री ओलीको समर्थनमा नेकपा पार्टी कार्यालयमा दीप प्रज्वलन
पौष ९, रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमको कार्यालय प्राङ्गणमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा दिप प्रज्वलन गरिएको छ ।
बुधबार साँझ रूकुम पश्चिमको नेकपा पार्टी कार्यालयमा पूर्व एमाले निकट युवाहरूले प्रधानमन्त्रीको समर्थनमा दिप प्रज्वलन गरेका हुन । फुट उन्मुख भएसँगै देशभर पार्टी कार्यालय कब्जा गर्ने हाेडबाजि चलिरहेको बेला रुकुम पश्चिमकाे नेकपा पार्टी कार्यालयमा केपी ओलीको सम्मानमा मैन बत्ति बालेर दिप प्रज्वलन गरिएको हो ।
तत्कालीन नेकपा एमालेकाे पार्टी कार्यालय रहेको भवनमा रहेको नेकपा पार्टी कार्यालय प्राङ्गणमा बुधबार साँझ केपी ओली पक्षधर युवाहरूले दिप प्रज्वलन गरेका हुन । राष्ट्रिय युबा संघ रुकुम पश्चिमका सह-संयाेजक हरिभोल भारतीको नेतृत्वमा तत्कालीन नेकपा एमालेकाे चुनावी गित बजाउँदै उनिहरुले केपिकाे पक्षमा दिप प्रज्वलन गरेका थिए ।
रुकुम पश्चिममा केपी ओली पक्षधर समूह कमजोर मानिएता पनि दिप प्रज्वलन गरेर रुकुममा आफ्नो उपस्थिति सकृय रहेको सन्देश दिएको राष्ट्रिय युबा संघ रुकुम पश्चिमका सह-संयाेजक हरिभोल भारतीले बताए । रुकुम बाट मनोज डाँगीले यो समाचार पठाउनु भएको छ ।
प्रतिकृया दिनुहोस्