दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर एक युवा गम्भीर घाइते
पौष ०४, सल्यान । पछिल्लो समय युवा पुस्ता टिकटकमा बढी आकर्षित भएका छन । टिकटकमा भाइरल हुन मान्छेहरूले अनेका हतकण्डा गरेको देख्न सकिन्छ । भाइरल हुने लोभमा गरिएका कतिपय गतिविधिले मान्छेहरूको ज्यान नै जोखिममा पर्ने गरेका पनि दर्जनौं उदाहरण छन ।
यस्तै घटना शनिबार पश्चिम दाङमा भएको छ । टिकटक भिडियो बनाउने क्रममा पश्चिम दाङमा झुलुंगे पुलबाट लडेर एक जना युवा गम्भीर घाइते भएका छन् । आज दिउंसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा लडेर एक जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा गम्भिर घाइते भएका हुन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बांकेको कोहलपुर मेडिकलमा रेफर गरिएको अस्पतालले बताएको छ । उनको अस्वथा अझै गम्भिर रहेको बुझिएको छ ।







प्रतिकृया दिनुहोस्